काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार र्‍यापर तथा ईन्जिनियर बालेन शाहले मनोनयन दर्ता, ९० हजार भन्दा बढी मत ल्याई बिजयी हुने बताए (भिडिओ)

Breaking News राजनीति समाचार
शेयर गर्नु होला

काठमाडौं – वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनका लागि हिजो आइतबारबाट मनोनयन दर्ता सुरु भएको छ। राष्ट्रियसभा गृहमा रहेकाे काठमाडौं महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर काठमाडौंका उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।

उम्मेदवारी दर्ताका लागि तोकिएको पहिलो दिन काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार र्‍यापर तथा ईन्जिनियर बालेन शाहले मनोनयन दर्ता गराउनुभएको छ। साथै पत्रकारहरु संग कुराकानीका क्रममा मेयर पदका उम्मेदवारले आफु दुबै ठुला पार्टीको भोट काटन आएको र भोट काटनुको साथै ९० हजार भन्दा बढी मत ल्याई बिजयी हुने बताएका छन।

राष्ट्रियसभा गृहमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आइतबार स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन्। प्रमुख दलका उम्मेदवारले भने आइतबार उम्मेदवारी दर्ता गरएका छैनन्।

Video Soure : OnlineTv Nepal


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *