नेपाली रष्ट्रिय फुटबल टोलीका १० जना खेलाडीले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी संग मनमुटावका कारण बन्द प्रशिक्षण प्रशिक्षण क्याम्प छाडे

Breaking News खेलकुद समाचार
शेयर गर्नु होला

काठमाडौँ — नेपाली रष्ट्रिय फुटबल टोलीका दस जना खेलाडीले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी संग मनमुटाव र कुरा नमिल्दा बन्द प्रशिक्षण प्रशिक्षण क्याम्प छाडेको जानकारी रहेको छ ।

रोहित चन्दसहित १० खेलाडीले मंगलबार राति नै खेलाडी टिमलाई राखिएको वर्ल्ड ट्रेड सेन्टरको होटल छाडेका थिए । क्याम्प छाड्नेमा टोलीका सिनियर खेलाडी रोहित चन्द देखि अनन्त तामाङ, अन्जन विष्ट, विमल घर्तीमगर, सुजल श्रेष्ठ, दीनेश राजवंशी, विशाल राई, सुमन लामा र विशाल श्रेष्ठ रहेका छन। तिनको स्थानमा प्रशिक्षक अल्मुताइरीले बुधबारको प्रशिक्षणमा नयाँ खेलाडी बोलाइसकेका छन् ।

खेलाडीले क्याम्प छाडेपछि टोलीका कप्तान किरण चेम्जोङले पनि मुख्य प्रशिक्षकको ब्यवहारप्रति आफ्नो असन्तुष्टि रहेको जनाउनुभएको छ । उहाँले सामाजित सञ्जाल फेसबुकमा खेल्नुभएको छ- ‘राष्ट्रिय टोलीको प्रशिक्षणमा खेलाडीप्रति प्रशिक्षकबाट गरिएको ब्यवहारप्रति मेरो असन्तुष्टि छ । राष्ट्रिय टोलीको क्याम्पमा जायज विषय उठाउँदा खेलाडीलाई क्याम्प नै छोड्न लगाउनु पक्कै सहि होइन । टोलीको कप्तान र एक सदस्यको हिसाबले म सँधै खेलाडीको पक्षमा छु ।’


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *