मकवानपुरमा लोडर दुर्घटना हुँदा तीनजना चिनियाँ नागरिकको मृत्यु, अन्य तीनजना घाइते

Breaking News समाचार
शेयर गर्नु होला

मकवानपुर – हिजो बेलुका मकवानपुरमा एक लोडर दुर्घटना हुँदा तीनजना चिनियाँ नागरिकको मृत्यु भएको खबर रहेको छ ।

निजगढ–मकवानपुर–काठमाडौं द्रुतमार्गअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका–११ स्थित सडकखण्डमा लोडर दुर्घटना हुँदा तीनजना चिनियाँ नागरिकको मृत्यु भएको हो ।

प्रहरीले गराएको जानकारी अनुशार निर्माणाधीन द्रुतमार्गमा सडक निर्माणको क्रममा लोडर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा अन्य तीनजना घाइते भएका छन् । घाइते हुनेमा दुईजना चिनियाँ र एकजना नेपाली नागरिक रहेका छन् ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *