राति १२ बजेको मतपरिणाम अनुसार बालेनको मत ४६४६ पुगेको छ, लगभग दोब्बर मतको अग्रता कायमै

Breaking News राजनीति समाचार
शेयर गर्नु होला

काठमाडौं – काठमाडौं महानगर प्रमुखमा स्वतन्त्र उम्मेदवार वालेन साह हाल सम्म पनी लगभग दोब्बर मतको अग्रता कायमै छ । पछिल्लो राति १२ बजेको मतपरिणाम अनुसार बालेनको मत ४६४६ पुगेको छ ।

प्रमुखमा नेकपा एमालेका केशव स्थापित २४०५ मतसहित दोस्रो र नेपाली काँग्रेसका सिर्जना सिंह २२२४ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ।

भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा काठमाडौं महानगरको छ वटा काउन्टरमार्फत मतगणना कार्य जारी रहेकोमा काठमाडौंमा वडा नम्बर १ को मतपरिणाम सार्वजनि भैसकेको छ भने २, ३, ४ र ३२ को मतगणना भइरहेको छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *