स्थानीय तह निर्वाचनको मतगणना ढिलो भइरहेको गुनासो आइरहँदा निर्वाचन आयोगको एस्तो भनाई

Breaking News राजनीति विचार/ब्लग समाचार
शेयर गर्नु होला

काठमाडौं – स्थानीय तह निर्वाचनको मतगणना ढिलो भइरहेको गुनासो आइरहँदा निर्वाचन आयोगले टोली बढाएर भए पनि छिटो गणना गर्न अधिकारीहरूलाई निर्देशन दिन लागेको निर्वाचन आयोगका सहायक प्रवक्ताले बीबीसीलाई बताएका छन्।

चुनाव सकिएको तेस्रो दिन आइतवार पनि देशभरि निर्वाचनको मतगणना कार्य जारी रहेको निर्वाचन अधिकारीहरूले जनाएका छन्।

“मतपत्रमा सातवटा छाप खोज्ने, सदरबदर हेर्ने, प्रतिनिधिहरूलाई देखाउने जस्ता व्यावहारिक कठिनाइ छन्,” सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बीबीसीसँग भने।

“अरू बेला एउटा मत खोज्नुभन्दा सातगुना बढ्ता काम हो। तर गणना टोली थपेर भए पनि छिटो गर्न आयोगले निर्देशन पठाउँदैछ,” उनले भने।

निर्वाचन आयोगले जेठ ५ अगाडि नै मतगणना कार्य सक्ने बताएको थियो। तर धेरै मतदाता भएका तहमा मतगणनाको गति निकै सुस्त भएको देखिएको छ।

राजनीतिक दल र तिनका कार्यकर्ताका गतिविधिबाट मतगणनामा “असर” परेको आयोगको दाबी छ।

सकेसम्म बढी मतगणना टोली गठन गर्दै छिटो गणना सक्न सघाउन आयोगले आइतवार दिउँसो एक विज्ञप्तिमार्फत् आग्रह गरेको छ।

प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा “सामान्य मानवीय त्रुटिका विषयलाई अनावश्यक अनावश्यक उचालेर विवादको विषय बनाई मतगणना कार्य रोक्ने, हुलहुज्जत गर्ने, नाराबाजी गर्ने” जस्ता काम भएको आरोप लगाइएको छ।

आयोगले “राजनीतिक दल, उम्मेदवार तथा उम्मेदवारहरूका प्रतिनिधिहरूलाई व्यवस्थित र अनुशासित रहन आग्रह’ गर्दै तोकिएकै समयभित्र गणना सक्न सघाउन आग्रह गरेको छ।

तर निर्वाचनसम्बन्धी कतिपय जानकार तथा विज्ञहरूले गणना ढिलो हुनुमा आयोगको जनशक्ति र व्यवस्थापकीय बिषयलाई समेत कारण बताउने गर्छन्।बीबीसी


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *