भक्तपुरको १० वटै वडामा नेमकिपाको जित, अन्य पार्टीहरुको धरौटीनै जफत हुने अवस्था

Breaking News राजनीति समाचार
शेयर गर्नु होला

तस्बिर : मिलीआन रमिलान

ठिमी – देश भरी चुनाबी माहोलमा ठुला राजनैतिक दलहरु बिच कडा प्रतिस्प्रदा चलीरहेको बेला उपत्यकाको भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीले अन्य पार्टीका धरौटी जफत हुने गरी ८ गुणा भन्दा बढी मतको अन्तरले जित हाशिल गरेको छ।

यह निर्बाचनमा १४ जनाको उम्मेदवारी भएको भक्तपुरमा मेयरमा नेपाल मजदुर किशान पार्टीका सुनील प्रजापति २९ हजार २ सय ५२ मत ल्याएर विजयी भएका हुन् । यस अघी पनी २०७४ मा सुनील प्रजापति मेयर निर्वाचित भएका थिए ।

मेयरका लागि उम्मेदवारी दिएका अन्य को प्रतिद्वन्द्वीहरु मध्ये कांग्रेसका रामप्रसाद कासुलाले जम्मा ३ हजार ४ सय ७ मत मात्रै ल्याएका छन् भने एमालेका रवीन्द्र लाछिमस्युले २ हजार ८ सय ४१, स्वतन्त्र उम्मेदवार सत्यराम त्वायनाले २ हजार ३ सय ९९ र राप्रपाका बद्री लाखाजुले १ हजार ८१ मत र अर्का स्वतन्त्र उम्मेदवार बलराम प्रजापतिले ९ मत मात्रै प्राप्त गरेका छन।

यस अघी पनी २०७४ को स्थानीय तह निर्वाचनमा पनि नेपकिपाले सबै वडामा जित हाशिल गरेको थियो ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *