काठमाडौं महानगर प्रमुखमा ११ हजार ८१५ मतसहित स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै

Breaking News राजनीति समाचार
शेयर गर्नु होला

काठमाडौं – काठमाडौं महानगर प्रमुखमा ११ हजार ८१५ मतसहित स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै रहेको छ। प्रमुखमा नेकपा एमालेका केशव स्थापित ६ हजार ३१९ मतसहित दोस्रो र नेपाली कांग्रेसका सिर्जना सिंह ५ हजार ५२५ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ।

महानगरका निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार मंगलबार दिउँसो २ः४५ सम्म मतगणना हुँदा प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पाटका मदनदास श्रेष्ठले ९१०, स्वतन्त्र उम्मेदवार सुमन सायमीले ७१८ मत ल्याउनुभएको छ।

यसैगरी, प्रमुखमा निर्वाचन चिह्न तराजुमा ११६, मादलमा १८, चक्का पाङ्ग्रोमा सात, कुखुराको भालेमा छ, सुगामा चार, खानेपानीको धारामा २१, करुवामा चार, किताबमा दश, बाघमा एक, हृदयमा ११, खड्गमा ११, कि–बोर्डसहितको कम्युटरमा एक, सांचोमा तीन, कारमा चार, पुतलीमा तीन, खरायोमा दुई, आँपमा एक, गुलाफको फूलमा एक, कैचीमा एक, मुढामा एक, अर्नामा दुई, तिल्हरीमा दुई मत प्राप्त भएको छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *