फोटो: क्यान ( क्रिकेट एसोसियसन अफ नेपाल)
काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप लिग–२ अन्तर्गत आगामी जुनमा अमेरिकामा हुने अमेरिका र ओमानसँगको त्रिदेशीय सिरिजको लागि नेपाली टोलीको घोषणा गरेको छ । क्यानले बुधबार सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्सीय खेलाडी टोलीको घोषणा गरेको हो ।
Following 15 players have been selected for ICC Men's CWCL2, USA
1. Sandeep Lamichhane – Captain
2. Aasif Sheikh
3. Kushal Bhurtel
4. Rohit Poudel
5. Dipendra Singh Airee
6. Aarif Sheikh
7. Binod Bhandari
8. Sunil Dhamala
9. Dev Khanal+
— CAN (@CricketNep) May 18, 2022
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार नेपालले सिरिजको पहिलो खेल जुन ९ तारिख ओमानसँग खेल्नेछ । नेपालले दोस्रो खेल अमेरिकाविरुद्ध जुन ११, तेस्रो खेल ओमानविरुद्ध जुन १४ र अन्तिम खेल अमेरिकाविरुद्ध जुन १५ तारिख खेल्नेछ ।
लिग–२ अन्तर्गत सिरिजमा १२ खेल खेलेको नेपाल अहिले तालिकाको छैटौं स्थानमा छ । ओमान, यूएई, स्कटल्याण्ड, नामिबिया, अमेरिका र पीएनजी गरी सात टोली सहभागी लिग–२ मा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेटमा छनोट हुनेछन् ।
नेपाली टोली
सन्दीप लामिछाने (कप्तान), विनोद भण्डारी (विकेट किपर), आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, सुनिल धमला, देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, विक्रम सोब, किशोर महतो र सागर ढकाल ।