कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिकाको मेयर पदमा राप्रपाले जित हात पारेहको छ ।
उक्त नगरपालिकामा राप्रपा उम्मेदवार अजय थापा ७ हजार ६०२ मत सहित विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका महादेव पोख्रेल ७ हजार १२८ मत ल्याउँदै पराजित भए ।