नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई एएफसी कप छनोटपछि कतारसँग परामर्श गरेर परिवर्तन गर्न छानबिन समितिको एन्फालाई सुझाव

Breaking News खेलकुद समाचार
शेयर गर्नु होला

प्रतिबेदनको श्रोत : एन्फाको ट्विटर र आधिकारिक वेबसाईट बाट

काठमान्डौ – केही समय यता नेपाली राष्ट्रिय फुटबल टोली खेलाडी र मुख्य प्रशिक्षकको विवाद छानबिन गर्न गठित समितिले नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई जिम्मेवारीबाट हटाउन सिफारिस गरेको छ ।

एन्फाले आफ्नो आधिकारिक वेबसाईटमा प्रतिवेदनका केही अंश सार्वजनिक गरेको छ जसमा छानबिन समितिले मुख्य प्रशिक्षक अलमुताइरीलाई तत्काल नहटाउन र एएफसी कप छनोटपछि कतारसँग परामर्श गरेर निष्कर्ष निकाल्न एन्फालाई सुझाव दिएको छ । ‘एएफसी कप छनोटपछि कतार फुटबल संघसँग छलफल गरी प्रशिक्षक परिवर्तन गर्न एन्फालाई सुझाव छ,’ प्रतिवेदनमा भनिएको छ ।

साथै प्रशिक्षकले दायराभन्दा बाहिर गएर खेलाडीको निजी जीवनमा समेत हस्तक्षेप गरेको प्रतिवेदनमा उल्लेख छ । समितिले प्रशिक्षक अलमुताइरीले बारम्बार अपशब्द शब्द प्रयोग गरी खेलाडीलाई बन्द प्रशिक्षणबाट निस्कन बाध्य बनाएको जनाएको छ । खेलाडीले संयमता गुमाएर राष्ट्रिय टोलीको बन्द प्रशिक्षण छाडेर गल्ती गरेको समितिको ठहर छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *