आफूले पाउने पारिश्रमिक लगायत कुनै पनि सेवा वा सुविधा नलिने दमक नगरपालिका नबनिर्वाचित नगर प्रमुख रामकुमार थापाको घोषणा

Breaking News राजनीति विचार/ब्लग समाचार
शेयर गर्नु होला

झापा – दमक नगरपालिका नब निर्वाचित नगर प्रमुख रामकुमार थापाले नगरपालिकाबाट आफूले पाउने पारिश्रमिक लगायत कुनै पनि सेवा वा सुविधा नलिने घोषणा गरेका छन् ।

निर्वाचन आयोगद्वारा निर्वाचितहरुलाई प्रमाणपत्र हस्तान्तरण कार्यक्रमपछि सञ्चारकर्मीसँग बोल्दै उनले जनप्रतिनिधि जनताको सेवक भएको प्रमाणित गर्न आफूले अनावश्यक सेवा वा सुविधा नलिने स्पष्ट पारेका हुन् ।

जनताको पक्षमा निस्वार्थ काम गर्नाका लागि आफूले कुनै सुविधा नलिने बताउँदै नगर प्रमुख थापाले जनताले तिरेको पैसाबाट आफूले चियासमेत नखाने र कसैलाई नखुवाउने पनि उल्लेख गरे । दमकको समृद्धि र विकास गर्न आफनो एकमात्र ध्येय रहेको भन्दै उहाँले स्थानीय सरकारले हरदम जनताको पक्षमा काम गर्ने प्रतिबद्धता जनाए ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *