कोर एरियाको भोटले जित्ने एमाले र कांग्रेसको आशा हराउदै, स्वतन्त्र उम्मेदवार सुमन सायमीको मत राम्रो

Breaking News राजनीति समाचार
शेयर गर्नु होला

काठमाडौं – काठमाडौंको ‘कोर एरिया’ भनिने भित्री काठमाडौंका वडाहरुको मतगणना अहिले जारी रहेको छ र हाल सम्मको अवस्था हेर्दा कोर एरियामा स्वतन्त्र उम्मेदबार सुमन सायमीको मत राम्रो रहेको छ ।

सुरुवात दिन देखीनै कोर एरियाको भोटले जित्ने एमाले र कांग्रेसको आशा अब भने हराउदै गएको देखिन्छ। यहाँको मत गणना भइरहँदा पनि बालेनले पहिले नै लिएको अग्रता घटेको छैन । जुन हिसाबले आफूलाई भोट ओइरिने एमाले–कांग्रेसको आशा थियो त्यो देखिएको छैन । यहाँ एमाले–कांग्रेसले आश गरेको मत ठूलो परिमाणमा स्वतन्त्र उम्मेदवार सुमन सायमीलाई गएको छ ।

अहिले काठमाडौंको ‘कोर एरिया’ भनिने भित्री काठमाडौंका वडाहरुको मतगणना भइरहेको छ । यी ठाउँबाट स्थापित र सिर्जनाले धेरै मत पाउने र बालेनलाई उछिन्ने अपेक्षा गरेका थिए ।

अहिलेसम्म सुमन सायमीले पनि ७ हजार १०५ मत पाइसकेका छन् । कोर एरियामा सुमनको मत राम्रो छ । उनले टेकुमा १४ प्रतिशत, कालीमाटीमा २२ प्रतिशत, डल्लुमा ८ प्रतिशत, भिमसेनस्थानमा १६ प्रतिशत, ज्याबहालमा १३ प्रतिशत, टेबहालमा १५ प्रतिशत, ओमबहालमा १४ प्रतिशत, मखनमा १० प्रतिशत, जनबहालमा २० प्रतिशत, महाबौद्धमा १३ प्रतिशत मत पाएका छन् । यी कोर एरिया भनिने क्षेत्र रहेका छन ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *