स्थानीय तह निर्वाचनमा आएको परिणामको सम्पूर्ण जिम्मेवारी लिँदै विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र द्वारा पदबाट नैतिकताको आधारमा राजीनामा [प्रेस विज्ञप्ति]

Breaking News राजनीति समाचार
शेयर गर्नु होला

काठमाडौं – विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पार्टीको अध्यक्ष पदबाट राजीनामा दिनुभएको छ ।

अध्यक्ष मिश्रले बुधबार प्रेस विज्ञप्ति जारी गर्नुहुँदै आजकै मिति (जेठ ११ गते) बाट राजीनामा दिएको तर पार्टीको साधारण सदस्य भने रहिरहने जानकारी दिनुभएको हो ।

उहाँले स्थानीय तह निर्वाचनमा आएको परिणामको सम्पूर्ण जिम्मेवारी लिँदै अध्यक्ष पदबाट नैतिकताको आधारमा राजीनामा दिएको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

‘‘हाम्रा उम्मेदवारहरू “इमानदार र सक्षम” हुँदाहुँदै राम्रो नतिजा हासिल गर्न नसक्नुको जिम्मेवारी पार्टी नेताका रूपमा मैले लिनुपर्छ । बाराको फेटा गाउँपालिका र त्यहाँको दुई वटा वडामा हासिल भएको विजयको सम्पूर्ण श्रेय सो क्षेत्रका अत्यन्तै लोकप्रिय व्यक्तित्व र प्रतिष्ठित समाजसेवी तथा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष रुस्तम अन्सारीलाई जान्छ ।’’ उहाँले भन्नुभएको छ, ‘‘मैले पार्टी अध्यक्षबाट राजीनामा दिए पनि नमुना गाउँपालिका निर्माण गर्न उहाँलाई पूर्णरूपमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्न चाहन्छु ।’’


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *