नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली द्वारा जनप्रतिनिधिलाई जनताको सेवक भएर काम गर्न आग्रह

Breaking News राजनीति समाचार
शेयर गर्नु होला

तस्बिर : केशब गुरुङ

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको सेवक भएर काम गर्न जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ ।बिहीबार आर्थिक वर्ष २०७९/८०का लागि प्रस्तुत नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिनुहुँदै एमाले अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो ।

‘‘जनतालाई सेवा सुविधा उपलब्ध गराउन, स्थानीय तह मार्फत विकासका कामहरुलाई अगाडि बढाउनुपर्छ ।,’’ उहाँले भन्नुभयो, ‘‘स्थानीय तहमा जनतालाई आइपरेका अप्ठ्यारा, सुखदुःखहरुमा सहभागी हुने निकाय भएको हुनाले त्यसै उचाइका साथ फराकिलो मन र जनताका सेवक हौँ भन्ने भावनाका साथ काम गर्न म सबै निर्वाचित जनप्रतिनिधिहरुलाई आग्रह गर्न चाहान्छु ।’’ साथै, उहाँले नवनिर्वाचित जनप्रतिनिधिहरुको सफल कार्यकाल शुभकानमा व्यक्त गर्नुभएको छ ।

त्यस्तै, उहाँले स्थानीय तह निर्वाचन निष्पक्ष, स्वतन्त्र, शान्तिपूर्ण, स्वच्छ र भयरहित वातावरणमा सम्पन्न नभएको दाबी गर्नुभएको छ । ‘‘निर्वाचन स्वच्छ हुन सकेन । निर्वाचन धाँधलीरहित हुन सकेन । उम्मेदवारलाई थुनेर, सत्तापक्षले बुथ कब्जा गरेको ठाउँमा प्रहरी निरीह भएर बसेको छ ।’’ उहाँले भन्नुभयो ।

त्यस्तै, अध्यक्ष ओलीले वैशाख ३० गते सम्पन्न १४ दिनसम्म पनि परिणाम आउन नसकेको उल्लेख गर्नुभएको छ । ‘‘वैशाख ३० गते निर्वाचन भएको थियो । आज १४ दिनपछि परिणाम किन आएन ? कतिपय ठाउँको परिणाम आज १४ दिनपछि पनि आएको छैन ? किन परिणाम आउन सकेको छैन ?’’ उहाँले प्रश्न गर्नुभएको छ ।

उहाँले नीति तथा कार्यक्रमको भाषामाथि टिप्पणी गर्दै ओलीले जनता अल्मल्याउने अभ्यास भएको बताउनुभएको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *