ईतिहाश रचदै काठमाडौं महानगरपालिकाकाे मेयर पदमा स्वतन्त्र उम्मेदवार रयापर तथा ईन्जिनिएर बालेन्द्र शाह (बालेन) भारी मतको अन्तरले बिजयी

Breaking News राजनीति समाचार
शेयर गर्नु होला

तस्बिर : Ellex Design

काठमाडौं – काठमाडौं महानगरपालिकाकाे मेयर पदमा स्वतन्त्र उम्मेदवार रयापर तथा ईन्जिनिएर बालेन्द्र शाह (बालेन) भारी मतको अन्तरले बिजयी भएका छन।

लामो समय देखीको मतगणना आज आएर सकिए संगै ईतीहास रचदै स्वतन्त्र उम्मेदवार रयापर तथा ईन्जिनिएर बालेन्द्र शाह (बालेन) ६१ हजार ७६७ मत ल्याउँदै महानगरको मेयर पदमा बिजयी भएका छन।

नेपाली कांग्रेसकी सिर्जना सिंहले ३८ हजार ३४१ मत प्राप्त गरेकीछिन भने नेकपा (एमाले)का केशव स्थापितले ३८ हजार ११७ मत प्राप्त गरेका छन।

उपमेयरमा एमालेकी सुनिता डंगोलले आफ्ना प्रतिद्वन्द्वीलाई भारी मतान्तरले पछि पार्दै विजयी भएकी छिन् ।

डंगोलले ६८ हजार ६ सय १२ मत प्राप्त गरेर विजयी भएकी छिन् । उनको निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीबाट उम्मेदवार बनेका रामेश्वर श्रेष्ठले २३ हजार ८ सय ६ मत प्राप्त गरी उपमेयरमा पराजित भए ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *