राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष डा माहाबीर पुनको अन्तरक्रिया कार्यक्रम बेलायतको अस्कफोर्डमा भब्यताका साथ सम्पन्न

Breaking News अन्तर्राष्ट्रिय समाचार
शेयर गर्नु होला

अस्कफोर्ड, ईङल्यांड – राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष डा माहाबीर पुनको बेलायतको अस्कफोर्ड स्थित नेपाली समुदाय संग भएको अन्तरक्रिया कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ।

हाल बेलायत र युरोपको भ्रमणमा रहनुभएका डा पुन बेलायत लगायत युरोपका बिभिन्न स्थानमा रहेका नेपाली समुदायहरु संग अन्तरक्रिया कार्यक्रम गर्ने क्रममा हिजो बेलायतको प्रसिद्द सहर अस्कफोर्ड स्थित नेपाली समुदायलाई सम्बोधन गर्दै डा पुनले राष्ट्रिय अविष्कार केन्द्रको बारेमा जानकारी गराउनु भएको थियो। साथै वहाले नेपालको बिकाश र आर्थिक उन्नतीका लागी राष्ट्रिय अविष्कार केन्द्रको भुमिका निकै अपरिहार्य रहेको बताउदै सरकारले यस केन्द्रका लागी बजेट छुट्याउनु पर्ने र राष्ट्रिय अविष्कार केन्द्र जस्ता संस्थाहरुलाई देशब्यापी रुपमा खोलीनु पर्ने माग राख्नु भएको थियो।

उक्त कार्यक्रममा अन्तरक्रिया संगै नेपाली समाज अस्कफर्डसायर द्वारा रात्री भोजको समेत आयोजना गरिएको थियो। साथै कार्यक्रमबाट संकलन गरिएको सम्पुर्ण रकम राष्ट्रिय अविष्कार केन्द्रलाई हस्तांन्त्रण गरिने कुराको जानकारी नेपाली समाज अस्कफर्डसायरका अध्यक्ष तुलशी पौडेलले गराउनु भएको थियो।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *