दलका नेताहरु संगको भेटघाटलाई लिएर मेयर बालेनको एस्तो भनाई आयो

Breaking News राजनीति समाचार
शेयर गर्नु होला

काठमांडौ – एक स्वतन्त्र एम्मेदबारको रुपमा काठमांडौ महानगरपालिकाको मेयर पदमा बिजयी भएका रयापर तथा ईन्जिनियर बालेन शाह द्वारा केही दिन एता एक पछी अर्को गरी राजनैतिक दलका नेताहरु संग भेटलाई लिएर सर्वत्र चर्चा-परिचर्चा, टिका टिप्पणी हुदै गरेको बेला मेयर बालेन शाहले उक्त भेटघाटलाई अन्यथा नबुझिदिन भनी अपिल गरेका छन।

केही दिन यता मेयर बालेन शाह द्वारा नेकपा एमाले का अध्यक्ष खड्क प्रशाद वोली र नेपाली कांग्रेशका सभापती शेर बाहादुर देउबा संग भेटेको तस्बिर सामाजिक संजालमा फैलिए संगै उक्त भेटलाई लिएर सबैको चासो बढनुको साथै धेरै टिका टिप्पणीहरु हुदैछन। धेरै जसोले उक्त कदमको आलोचना गरेको देखिएको छ। उक्त भेटलाई लिएर बालेन शाहका समर्थकहरु द्वारा आलोचना गर्दै गरेको बेला स्वयम मेयर बालेन शाहले आफ्नो सामाजिक संजालमा उक्त भेटलाई लिएर खंडन गरेका छन।

आफ्नो सामाजिक संजालमा बालेनले आफ्ना लक्ष्यहरु विशाल र पवित्र रहेको बताउदै आममान्छेको जीवनमा सकारात्मक परिवर्तन ल्याउन विशेष र बृहत सोचको आवश्यकता रहेको बताएका छन र यसका लागि सबैसँग सहकार्य अनिवार्य पनी रहेको बताएका छन । साथै उनले काठमाण्डौँको उन्नति, समृद्धि र सकारात्मक परिवर्तनका लागि आफुले छलफल गर्न, सुझाब समेट्न र सहकार्यका लागि पहल गर्न धेरै भन्दा धेरै व्यक्तित्वसँग भेटघाट गर्ने गरिरहेको बताएका छन। आफ्नो भेटघाटको सिलसिला उम्मेदवारी घोषणा गर्नु भन्दा पहिलेदेखि सुरु भएर निकै पछिसम्म पनि रहिरहने बताएका छन । समय अनुकुलताका कारण कसैसँग अघि वा पछि भेट हुन सक्छ र उक्त भेटघाटलाई अन्यथा नबुझिदिन अपिल समेत गरेका छन ।

आफु द्वारा केहि दिन अघि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र हिजो सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटघाटका क्रममा उहाँहरुले दिनु भएको प्रेरणाले आफुलाई थप उर्जावान बनाएको बताएका छन ।

आफ्नो सामाजिक संजाल फेसबुकमा मेयर बालेन शाह लेख्दछन ; “हाम्रो लक्ष्यहरु विशाल र पवित्र छन् । आम मान्छेको जीवनमा सकारात्मक परिवर्तन ल्याउन विशेष र बृहत सोचको आवश्यकता छ । यसका लागि सबैसँग सहकार्य अनिवार्य छ । राजनैतिकरुपमा हामीलाई यो अभियानमा केहि सजिलो पनि छ । किनकि स्वतन्त्र हुनुको अर्थ केवल चुनावमा उम्मेदवारी दिदा मात्रै रहदैन । स्वतन्त्र हुनुको अर्थ कुनै पनि पार्टी वा समुह वा नेताप्रति निरपेक्ष रहनु पनि हुन्छ । सबैसँग सम्मानजनक निकटताको अभ्यास गर्नुमा पनि हुन्छ ।

काठमाण्डौँको उन्नति, समृद्धि र सकारात्मक परिवर्तनका लागि हामीले छलफल गर्न, सुझाब समेट्न र सहकार्यका लागि पहल गर्न धेरै भन्दा धेरै व्यक्तित्वसँग भेटघाट गर्ने गरेका छौँ । यो सिलसिला उम्मेदवारी घोषणा गर्नु भन्दा पहिलेदेखि सुरु भएर निकै पछिसम्म पनि रहिरहने छ । समय अनुकुलताका कारण कसैसँग अघि वा पछि भेट हुन सक्छ । यसलाई अन्यथा नबुझिदिन अपिल गर्दछौँ ।

यसैक्रममा केहि अघि हामीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थियौँ; आज सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छौँ । भेटघाटका क्रममा उहाँहरुले दिनु भएको प्रेरणाले हामीलाई थप उर्जावान बनाएको छ ।”


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *