नुवाकोटमा फोहोर बिर्सजन गर्न नदिएर अवरोध गरिरहेका स्थानीयबासिन्दासँग छलफल गर्न मेयर बालेन्द्र (बालेन) साह र उपमेयर सुनीता डंगोल बिहानै सिसडोलमा

Breaking News राजनीति समाचार
शेयर गर्नु होला

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह आज बिहानै उपमेयर सुनीता डंगोलसहित नुवाकोटमा फोहोर बिर्सजन गर्न नदिएर अवरोध गरिरहेका स्थानीयबासिन्दासँग छलफल गर्न सिसडोल पुगेका छन।

लामो समय देखी काठमाडौंको फोहोर बिर्सजन गर्न नदिएर अवरोध गरिरहेका स्थानीयबासिन्दाहरुले फोहोर र मानिसहरू एकै ठाउँमा बस्न नसकिने भन्दै चाँडो भन्दा चाँडो त्यसको व्यवस्थापन हुनु पर्ने माग रहेको छ।

स्थानीयबासिन्दा संग छलफलका क्रममा मेयर साहले तत्कालको लागि केमिकल हालेर दुर्घन्ध हटाइने र छिटैनै फोहोरबाट मल बनाउने सिस्टम जडान गरेर त्यहाँको फोहोरलाई मलमा परिणत गरिने कुरा बताए। साथै मेयर शाहले हालका लागी केमिकल हालेर एक हप्ताभित्रमा दुर्घन्ध हटाइने र त्यसका लागि केमिकल लिएर आउने गाडीमा स्थानीयले अवरोध नगर्न अनुरोध गरेका थिए।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *