काठमाडाैँ – देशका सबै पार्टीका नेताहरु संग भेटेने क्रममा आज बिहान काठमाडौँ महानगरपालिकाका प्रमुख वालेन्द्र साह (वालेन) ले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्नुभएकाे छ ।
केहि दिन अघी प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओलीसँगकाे भेटपछि उहाँले अध्यक्ष प्रचण्डसँग पनि भेट्नुभएकाे हाे ।
आज भएको भेटमा अध्यक्ष प्रचण्डले राम्रो काममा आफ्नो र आफ्नो पार्टीकाे साथ सँधै रहन आश्वासन दिनुभएकाे छ ।
बालेन संगको भेटमा अध्यक्ष प्रचण्डले भने; “तपाईंको जित ठूलो कुरा हो, याे एक किसिमकाे क्रान्ति नै हो । पहिलेका प्रमुखहरू, स्वतन्त्रहरू कुनै एउटा पार्टीसँग एलाइन भएर अरू पार्टीलाई गाली गर्ने सिस्टम थियो तर तपाईंले पहिलो पटक सबैलाई मिलाएर ( सहकार्य गर्ने काम गरिरहनुभएको छ त्यो सराहनीय छ, त्यसैले हाम्रो सँधैभरी साथ र सहयोग हुनेछ।“
अध्यक्ष प्रचण्डले प्रमुख साहलाई जनतालाई केन्द्रमा राखेर काम गर्न सुझाव दिनुभएकाे छ । प्रमुख साहले गठबन्धनबाट आफूले सहयोगको अपेक्षा गरेको बताएको प्रचण्डको सचिवालयले जनाएको छ । खुमलटार भेटघाटमा महानगरपालिकालाई विकास तथा समसमायिक राजनीतिक बिषयमा छलफल भएको प्रचण्डका स्वकिय सचिव रमेश मल्लले जानकारी दिए ।