काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी बजेटमा काठमाण्डौमा रहेका सम्पुर्ण ढुंगेधारा जुन निष्क्रिय अवस्थामा छन्, पानीको मुहान सुकेको अवस्था छन्, तिनलाई ब्युताउनको लागि सम्बन्धित शीर्षकमा बजेट बिनियोजन गरेर उपयुक्त प्रयास गर्ने बताएका छन।
अज ज्येष्ठ शुक्ल षष्ठीका दिनमा नेवाः सभ्यता र संस्कारअनुरूप मनाइने सिथि नखः पर्वको अवसरमा आफ्नो सामाजिक सञ्जालमार्फत मेयर बालेन शाहले ढुंगेधारा जुन निष्क्रिय अवस्थामा छन्, पानीको मुहान सुकेको अवस्था छन्, तिनलाई ब्युताउनको लागि सम्बन्धित शीर्षकमा बजेट बिनियोजन गरेर उपयुक्त प्रयास गर्ने बताएका छन।
सिथि नखः पर्वको महत्वको बारेमा उल्लेख गर्दै मेयर शाहले सिथि नखः को धार्मिक महत्वमात्रै नभ ई सिथि नखः पानीको शुद्धता र मुहानको सरसफाइका कुरा पनि जोडिएको बताएका छन। यस पर्वले पानीको श्रोतहरूको सरसफाइ र सुव्यवस्थालाई ध्यानमा राख्दै सामूहिकरुपमा सिथि नखः मनाइने संस्कृति रहेको उल्लेख गरेका छन । यस चाडले सदियौँदेखि पानी अनि मुहानको सरसफाइको पाठ सिकाइरहेको बताएका छन । साथै पुराना धेरै संस्कारहरू आफैँमा वैज्ञानिक र परिवर्तनकारी पनि छन् भन्ने सन्देश पनि दिन्छन् बताएका छन।