सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र सिसडोल र बन्चरेडाँडाका प्रतिनिधिबिच सर्वपक्षीय छलफल सम्पन्न, काठमाडौंको फोहर उठाएर सिसडोल र बन्चरेडाँडा लैजान दिने सहमति

Breaking News राजनीति समाचार
शेयर गर्नु होला

काठमाडौं – लामो समय देखी दुर्घंधित अवस्थामा रहेको काठमाडौं उपत्यकाले अब स्वक्ष सास फेर्न पाउने भएको छ। जानकारी अनुशार काठमाडौं उपत्यकाको फोहोर भोलिबाट उठाइने भएको छ ।

सिसडोल र बन्चरेडाँडामा फोहोर लैजान दिने सहमति भएसँगै भोलिदेखि काठमाडौं उपत्यकाको फोहोर उठाइने भएको हो ।

सोमबार सहरी विकास मन्त्रालयमा बसेको मन्त्रालय, काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका प्रतिनिधिबिच बसेको सर्वपक्षीय छलफलमा काठमाडौंको फोहर उठाएर सिसडोल र बन्चरेडाँडा लैजान दिने सहमति जुटेको हो ।

सहरी विकास मन्त्रालयका तर्फबाट तीन र ६ वटा कामको विवरणमा प्रतिवद्धता जनाएसँगै आन्दोरतपक्षले फोहर बिसर्जन गर्न दिने भएको हो ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *