काठमाडौँको फोहर व्यवस्थापनलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह बिच छलफल

Breaking News राजनीति समाचार
शेयर गर्नु होला

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई बोलाएर काठमाडौँको फोहर व्यवस्थापनका विषयमा जानकारी लिनुभएको छ।

प्रधानमन्त्री देउवाले बिहीबार प्रमुख शाहलाई आफ्नो सरकारी निवास बालुवाटारमा बोलाएर फोहर व्यवस्थापनमा देखिएको समस्या समाधान गर्न नेपाल सरकारको साथ रहेको बताउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सो अवसरमा प्रधानमन्त्री देउवाले फोहर व्यवस्थापन हुने स्थल बञ्चरेडाँडाका स्थानीय बासिन्दा र जनप्रतिनिधिसँग पनि छलफल गरेर दीर्घकालीन समाधान खोज्न आग्रह गर्नुभएको छ। रासस


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *