काठमाडौं – काठमाडौं महानगरको फोहर बञ्चरेडाँडामा व्यवस्थापनका विषयमा देखिएको विवाद समाधानका लागि भोलि वार्ता हुने भएको छ ।
काठमाडौंको फोहर बञ्चरेडाँडामा फालेपछि विवाद उग्र बनेको थियो । स्थानीयको सहमति बेगर बञ्चरेडाँडामा फोहर फालेको भन्दै आन्दोलन भइरहेको छ ।
मंगलबार र बुधबार फोहर बोकेर गएका सवारीमा स्थानीय अवरोध गरेका थिए भने प्रहरीले बल प्रयोग गरेपछि अवस्था झनै बिग्रिएको थियो ।
विवाद बढ्दै गएपछि त्यसको समाधानका लागि सरकार र आन्दोनरत पक्षबीच भोलि वार्ता हुने भएको हो । भोलिको वार्तामा सरकार तर्फबाट सहरी विकास मन्त्री रामकुमारी झाँक्री, आन्दोलनरत संघर्ष समितिका संयोजक श्रीराम ढुंगाना, फोहोरमैलाबाट प्रभावित नुवाकोट र धादिङका वडाध्यक्ष लगायतका सहभागी हुने जनाइएको छ । वार्ता बिहान ८ बजे मन्त्रालयमा हुँदैछ ।