काठमाडौंमा दुई जना बिरामीको एन्टिजन परीक्षण गर्दा हैजा देखिएको पुष्टि [विज्ञप्ति]

काठमाडौंमा दुई जना बिरामीको एन्टिजन परीक्षण गर्दा हैजा देखिएको पुष्टि [विज्ञप्ति]

Breaking News समाचार स्वास्थ्य
शेयर गर्नु होला

काठमाडौं -काठमाडौंमा दुई जना बिरामीको एन्टिजन परीक्षण गर्दा हैजा देखिएको अधिकारीले बताएका छन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सङ्क्रामक रोग विज्ञ डा। शेरबहादुर पुनका अनुसार उनीहरूमा हैजाको लक्षण देखिएपछि परीक्षण गरिएको थियो।

डा। पुनका अनुसार हाल दुवै बिरामीहरूको दिसाको कल्चर गरेर हैजाको जीवाणु छ या छैन पुष्टि गर्न लागिएको छ।

“एन्टिजनमा हैजा देखिएकाले हामीले सोही अनुरूप उपचार अघि बढाएका छौँ तर दिसाको कल्चर गरेपछि आउने नतिजालाई आधिकारिक र स्तरीय मानिन्छ,” उनले भने।

उनीहरुको टेकुमै उपचार भइरहेको छ । गर्मी तथा वर्षायाममा झाडापखाला, हैजा तथा पानीजज्य रोगहरु फैलिने भएकाले सतर्क रहन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपील गरेको छ ।

डा। पुनले हाल झाडापखालाका बिरामीको सङ्ख्या बढिरहेको अवस्थामा बिरामीलाई विभिन्न किसिमको सङ्क्रमण हुने भए पनि हैजाले सबैभन्दा छिटो र बढी असर गर्ने बताए।

हैजा अर्थात् कोलेरा भिब्रिओ कोलरी नामक जीवाणुको सङ्क्रमणका कारण हुन्छ।

सामान्यतया झाडापखालाजस्तो देखिने यो रोग केही गम्भीर प्रकृतिको हुने चिकित्सकहरू बताउँछन्।

सङ्क्रमणको असर देखिन थालेपछि तत्काल उपचार नभएको खण्डमा बिरामीको मृत्युसमेत हुन सक्ने डा। पुनको भनाइ छ।

उनका अनुसार उक्त जीवाणुको सङ्क्रमण भएको केही घण्टादेखि पाँच दिनभित्र यसका लक्षणहरू देखिन्छन्।बीबीसी


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *