अफगानिस्तानमा ६.१ म्याग्निट्यूडको शक्तिशाली भूकम्पका कारण कम्तीमा १,००० जनाको मृत्यु भएको र सयौँ मानिस घाइते [भिडिओ]

Breaking News अन्तर्राष्ट्रिय समाचार
शेयर गर्नु होला

काबुल – अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पका कारण कम्तीमा १,००० जनाको मृत्यु भएको र सयौँ मानिस घाइते भएको तालिबान सरकारका अधिकारीहरूले बताएका छन्।

पाक्तिका प्रान्तबाट प्राप्त तस्बिरहरूमा पहिरो गएको र कच्ची घरहरू भत्किएको देखिइरहँदा तालिबानले अन्तर्राष्ट्रिय सहयोगको लागि आह्वान गरेको छ।

मानिसहरू सुतिरहेका बेला गएराति स्थानीय समय अनुसार १:३० बजे लगत्तै भूकम्प गएको थियो। तालिबान नेता हिबतुल्लाह अखुन्जादाले भूकम्पका कारण सयौँ घरहरू भत्किएको र मृतकको सङ्ख्या बढ्न सक्ने बताएका छन्।

यसअघि विपद् व्यवस्थापन हेर्ने उनका सहायक मन्त्री शरफुद्दिन मुस्लिमले एउटा प्रेस सम्मेलनमा कम्तीमा ९२० जनाको मृत्यु भएको र थप ६०० जना घाइते भएको बताएका थिए।

भूकम्पको केन्द्रबिन्दु दक्षिणपूर्वी अफगानिस्तानको खोस्त सहरभन्दा झन्डै ४४ किलोमिटर टाढा रहेको बताइएको छ।

अमेरिकी भौगर्भिक अध्ययन निकाय यूएसजीएसका अनुसार उक्त भूकम्प ६.१ म्याग्निट्यूडको थियो र ५१ किलोमिटर भित्र गएको थियो।बीबीसी

Video Source : Channel 4 News YouTube Channel


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *