आर्जेन्टीनाका महान्‌ फुटबल खेलाडी डिएगो म्याराडोनाको उपचारमा लापरबाही पाएपछि लापरबाहीपूर्ण हत्या गरेको अभियोगमा मुद्दा चलाउन आदेश

आर्जेन्टीनाका महान्‌ फुटबल खेलाडी डिएगो म्याराडोनाको उपचारमा लापरबाही पाएपछि लापरबाहीपूर्ण हत्या गरेको अभियोगमा मुद्दा चलाउन आदेश [भिडिओ]

Breaking News अन्तर्राष्ट्रिय खेलकुद समाचार
शेयर गर्नु होला

ब्यूनस एरिज – आर्जेन्टीनाका महान्‌ फुटबल खेलाडी डिएगो म्याराडोनाको उपचारमा लापरबाही गरेको आरोपमा आठजना स्वास्थ्यकर्मीले मुद्दाको सामना गर्नुपर्ने भएको छ।

एउटा छानबिन समितिले उनको उपचारमा व्यापक “कमजोरी र अनियमितता” देखिएको पाएपछि एक न्यायाधीशले लापरबाहीपूर्ण हत्या गरेको अभियोगमा मुद्दा चलाउन आदेश दिएका हुन्।

आर्जेन्टीनाको राजधानी ब्यूनस एरिजमा सन् २०२० को नोभेम्बरमा ६० वर्षको उमेरमा हृदयाघातका कारण म्याराडोनाको निधन भएको थियो।

सोही महिनाको सुरुतिर मस्तिष्कको शल्यक्रिया गराएका उनलाई सुधार भइरहेको थियो।
उनको निधन भएको केही दिनपछि आर्जेन्टीनी अभियोजनकर्ताहरूले उपचारमा संलग्न चिकित्सक तथा नर्समाथि अनुसन्धान सुरु गरेका थिए।

गत वर्ष २० जना विज्ञ सम्मिलित एउटा प्यानलले म्याराडोनाको उपचारमा संलग्न चिकित्सकहरूको टोलीले “अनुपयुक्त, अपर्याप्त र गैरजिम्मेवार” ढङ्गले काम गरेको पाएको थियो।

अदालतका अनुसार उक्त प्यानलले भनेको थियोः यदि उपयुक्त चिकित्सा सुविधामा पर्याप्त रूपमा उपचार गरिएको भए म्याराडोना “बाँच्ने राम्रो सम्भावना हुन्थ्यो”।

मुद्दाको सामना गर्नेमा नशासम्बन्धी म्याराडोनाका निजी चिकित्सक, एक मनोचिकित्सक, अर्का दुई चिकित्सक, दुईजना नर्स र उनीहरूका हाकिमसहित छन्।

आरोपित सबैले म्याराडोनाको निधनका लागि आफूहरू जिम्मेवार नरहेको बताएका छन्।

अभियोग पुष्टि भएमा प्रत्येकले आठदेखि २५ वर्षको जेलसजाय भोग्नुपर्ने बताइएको छ। मुद्दाको सुनुवाइको समय चाहिँ तय भइसकेको छैन।

निधन हुने बेला महान्‌ खेलाडीको अवस्था “कतैबाट सहयोग नपाएको जस्तो” देखेको म्याराडोनाका छोरामध्ये एकका वकिल मारिओ बाउड्रीले समाचार संस्था रोयटर्सलाई बताए।

“कारण हेर्नासाथ मैले यो त लापरबाहीपूर्ण हत्या हो भनेँ। मैले लामो लडाइँ लडेर आज यहाँ पुगेका छौँ, एउटा चरण पूरा भएको छ,” उनले भने।

म्याराडोनाकी दुईजना छोरीले गरेको एउटा उजुरीले कानुनी प्रक्रिया अघि बढाउन लगायो।

मस्तिष्कको शल्यक्रियापछि आफ्नो बुवाको गरिएको उपचारबारे उनीहरूले चासो व्यक्त गरेका थिए।बीबीसी

Video Source : France 24 English YouTube Channel

शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *