नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको मूल्य बढायो [विज्ञप्ति]

चौतर्फी बिरोधका कारण सरकार द्वारा पेट्रोलियम पदार्थको मूल्य घटाईने, शनिबार राति १२ बजेदेखि लागू हुने

Breaking News समाचार
शेयर गर्नु होला

सुभास भट्ट, काठमाडौं

११ असार २०७९, शनिबार| 25 June 2022, Saturday – लगातार रुपमा बढेको पेट्रोलियम पदार्थको मूल्य चौतर्फी बिरोधका कारण घटने भएको छ। आज मात्रै सरकार द्वारा पेट्रोलियम पदार्थको मूल्य घटाउने घोषणा गरिएको छ ।

पेट्रोलियम पदार्थको मूल्य घटाउने घोषणा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले शनिबार एक पत्रकार सम्मेलनमार्फत गराएका थिए। उद्योगमन्त्री द्वारा पत्रकार सम्मेलनमा गराईेको जानकारी अनुशार डिजेलमा २९ रुपियाँ, पेट्रोलमा २० रुपियाँ कर कटौती गरेको भनिएको छ, जस्ले गर्दा अबडिजेल प्रतिलिटर १६३ र पेट्रोल १७९ रुपियाँ पर्नेछ ।

पछिल्लो पटक नेपाल आयल निगमले डिजेल र मट्टितेलमा २७ र पेट्रोलमा प्रतिलिटर २१ रुपियाँ मूल्य बढाएको थियो । नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गर्ने जानकारी रहेको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *