नेकपा एकीकृत समाजवादीका मन्त्रीहरू फेर्दै मन्त्रिमण्डल पुनर्गठन [विज्ञप्ति]

Breaking News राजनीति समाचार
शेयर गर्नु होला

काठमांडौ – प्रधानमन्त्री शेरबहादुर देउवाले आइतवार नेकपा एकीकृत समाजवादीका मन्त्रीहरू फेर्दै मन्त्रिमण्डल पुनर्गठन गरेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा मन्त्रिपरिषद्को हेरफेर र कार्यविभाजन गर्नुभएको जानकारी राष्ट्रपति कार्यालयका प्रवक्ता द्वारा जानकारी गराईएको छ।

राष्ट्रपति कार्यालयले मन्त्रिपरिषद्‌मा नियुक्ति र कार्य विभाजनबारे एउटा विज्ञप्तिमार्फत जानकारी गराएको छ।

प्रधानमन्त्रीले यसअघि एकीकृत समाजवादीबाट नियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा बाहेक अन्य मन्त्रीहरू फेरेका हुन्।

नवनियुक्त मन्त्रीहरूमा जीवनराम श्रेष्ठले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाएका छन् भने मेटमणि चौधरीलाई रामकुमारी झाँकीले सम्हालेको सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ।

स्वास्थ्य राज्यमन्त्री रहेका भवानीप्रसाद खापुङ् स्वास्थ्य मन्त्री नियुक्त गरिएका छन्।

शेरबहादुर कुँवरलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षाको जिम्मेवारी दिइएको छ भने हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्री तोकिएको छ।

जेठको तेस्रो साता एकीकृत समाजवादीले सरकारका सामेल आफ्ना मन्त्रीहरू फिर्ता गरेर उनीहरूको बदलामा नयाँ अनुहार मन्त्रिमण्डलमा पठाउने निर्णय गरेको थियो। त्यसको लगभग तीन सातापछि उक्त निर्णय कार्यान्वयनमा आएको हो।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *