सुभास भट्ट, बेलायत
२०७९, १३ असार सोमबार | 2022, 27 June, Monday – बर्तमान नेपाली राजनितिमा देखिएको परिबर्तन बिशेष गरी गएको स्थानिय निर्बाचनमा परिष्फुटन भएको “स्वतन्त्र” को अबधारणा ले नेपाली राजनिती क्षेत्रमा उथलपुथल मचाउन पुगे संगै देशमा बिराजमान राजनैतिक दल र दलका नेता तथा सिर्ष नेताहरु द्वारा स्वतन्त्र उम्मेदबारको अबधारणा माथी अनेकौ टिका टिप्पणी गरिनुको साथै यो लहरलाई केही बेरका लागी आएको क्षणिक परिबर्तन समेत भनिएको छ। तर अर्को तिर नया पुष्ता तथा स्वतन्त्र उम्मेदबारहरु भने नेपाली राजनितीको क्षेत्रमा बिराजमान सिंडिकेटको संजाललाई स्वतन्त्र उम्मेदबार र स्वतन्त्रको अबधारणा ले हल्लाउन निकै सफल भएको ठान्दछन। के यो यथार्त होत?
गएको स्थानिय निर्बाचनमा देशका धेरै जसो स्थानमा स्वतन्त्र उम्मेदबारहरुले निर्बाचनमा भाग लिएका थिए, जस मध्ये केहीले त निर्बाचन जितदै किर्तीमान समेत कायम गरेका छन। त्यो सफलतालाई नियालेर हेर्ने हो भने, हो भन्न सकिन्छ की स्वतन्त्र उम्मेदबार र स्वतन्त्रको अबधारणाले पार्टी र दलको निद्रालाई चाही खलबलाएको भने पक्कै छ। राजनीतीमा देखिएको एस्तो खालको बदलावलाई केही राजनीती बिशलेषकहरुले जन्ताको दल र पार्टी बिरुद्धको बितिर्षणा बताएका छन। तर के यो साचै दल र पार्टी बिरुद्धको बितिर्षणानै होत? यदी दल र पार्टी बिरुद्धको बितिर्षणानै हुने हो भने देश भरी बिरासत बोकेका पार्टीहरुले नै निर्बाचनमा बाजी मारेको देखियो। तर यदी स्वतन्त्र बिचार राख्ने ब्यक्तीहरुको कुरालाई ध्यानमा राख्ने हो भने उनीहरुले यो त सुरुवात मात्र भएको बताउदछन।
हालको राजनैतिक परिपेक्षलाई नजिक बाट नियाल्ने हो भने जन्ता माझ पक्कै पनी केही बदलावको आभाष भन्ने पक्कै पनी महशुस गर्न सकिन्छ, चाहे त्यो काठमांडौका मेयर बालेन्द्र शाह या धरानका मेयर हर्क साम्पांग अथवा धनगढीका मेयर गोपाल हमाल को जितले धेरै कुराको पुष्टी गरेको छ।
स्थानिय निर्बाचनको समाप्ती संगै आ उने संसदिय दलको निर्बाचनका लागी जुन तरिकाले एक्कासी रुपमा भनौ या सुनियोजित तरिकाले स्वतन्त्र उम्मेदबारहरु स्वस्प्रुध रुपमा बाहिर आएका छन त्यसलाई देख्दा अब चाही पक्कै जन्ता बर्तमान राजनैतिक दल, नेता बाट आजितनै भईसकेको होकी भन्ने अनुमान लगाउन कठिन भने पक्कै छैन। हालको अवस्था सम्म आधिकारिक रुपमा काठमांडौ उपत्यका भित्रका धेरै चुनाबी क्षेत्रमा स्वस्तन्त्र उम्मेदबार हरुले आफ्नो उम्मेदबारी को घोषणा गरेको सामाजिक संजालमा छ्यापछ्याप्ती देखीन थालेको छ।
तर सामाजिक संजालमा गरिएको टिका टिप्पणीहरुलाई हेर्ने हो भने मानिषहरुले स्वतन्त्र उम्मेदबारहरु माथी पनी प्रश्न उठाउन थाली सकेका छन। जनमानषले गरेको गुनाषो अनुषार हालका धेरै जसो स्वतन्त्र उम्मेदबारहरु पक्का स्वतन्त्र नभयी कुनै न कुनै पार्टी संग आबद्द रहेको र हाल स्वतन्त्रको लहर चलीरहेको बेला “बलेको आगोमा रोटी सेक्ने” भनेझै स्वतन्त्र उम्मेदबार बन्दै बाहिर आएको बताउदछन। जनमानषहरु द्वारा उठाईेको प्रशन कत्तीको सत्य छन भने कुरा आगामी दिनहरुमा भने पक्कै पनी छर्लंग पक्कै नै हुनेछ। सोही आरोपको खंडन गर्दै स्वतन्त्र उम्मेदबारहरुले राजनैतिक दल द्वारा परिचालित गरिएका मानिषहरुले सामाजिक संजालमा यस्ता खालका प्रशनहरु जानी-जानी उठाएको बताउदछन।
अर्को तिर स्वतन्त्र उम्मेदबारहरुको कुरा गर्ने हो भने उम्मेदबारहरु बिचनै कुनै मेलमिलाप , बैचारिक बिचार आदान-प्रदान भएको देखिदैन। स्वतन्त्र उम्मेदबारहरु बिच पनी गुटबाजी श्रीजना भएको देखिन्छ जस्ले गर्दा भबिष्यमा स्वतन्त्र उम्मेदबार के स्वतन्त्रनै रहलान र ? भन्ने संका-उपसंका भने पक्कै जन्ता माझ उब्जिएको छ।
स्वतन्त्र उम्मेदबारहरु बिचनै आपसी समन्य हुननसकेको बेला केही दिन अघी मात्र चर्चित पत्रकार तथा टेलिभिजन कार्यक्रम प्रस्तोता रबी लामीछने द्वारा सुरुवात गरिएको “राष्ट्रिय स्वतन्त्र पार्टी” दर्ता हुनु अघीनै स्वतन्त्र उम्मेदबारहरु द्वारा बिरोध हुनुको साथै उक्त पार्टीको नामलाई लिएर निर्बाचन आयोग सम्म लफडाको बिषय बन्न पुगेको छ। स्वतन्त्र उम्मेदबारहरुले “राष्ट्रिय स्वतन्त्र पार्टी” एेउटा पार्टी भएको र उक्त पार्टीले “स्वतन्त्र” सब्दको गलत प्रयोग गरेको बताउदछन। तर के रबी लामिछने द्वारा दर्ता गर्न खोजिएको पार्टीले “स्वतन्त्र” सब्दको गलत प्रयोग गरेकै होत?
यस्ता सबै खालका राजनैतिक घमाशानको बारेमा बिभिन्न समयमा सामाजिक संजालमा जन्ताको प्रतिक्रियाहरु पढन पाईने गर्दछ। धेरै मानिषहरुको प्रतिक्रियालाई पढने हो भने स्वतन्त्र उम्मेदबारहरु एक्काशीरुपमा रबी लामिछाने राजिनितीमा आएको देखेर आत्तिएको र सोही कारण रबी लामिछाने लाई नेपाली राजनीतीको क्षेत्रमा अघाढी बढ्न नदिने प्रपंच अनुरुप उनको पार्टी माथी प्रश्न उठाएको बताउदछन भने केही मानिषहरुले लामो समय देखी देशमा बिध्यमान राजनैतिक दलहरुले रबी लामिछाने र स्वतन्त्र उम्मेदबारहरु बिच मनमुटाभ स्रिजना गरी राजनैतिक फाईदा लिन खोजेको बताउदछन। याहा सम्म की “राष्ट्रिय स्वतन्त्र पार्टी” गठनको उढघोषण पछी केही ठुला राजनैतिक दलका नाम चलेका नेताहरुले खुलेआमरुपमा केही टेलिभिजन कार्यक्रमा आगामी निर्बाचनमा “रबी लामिछनेको पार्टीलाई धुलो पिठो बनाउने” समेत भनेका थिए।
समग्र रुपमा भन्नेहो भने देशको राजनैतिक बाताबरण अस्वक्ष हुदै गएको छ। अहिलेको अवस्थामा एका तिर राजनितिक दल जसरी भएपनी जित हाशिल गर्न चाहन्छन भने अर्को तिर नेपाली राजनीतीमा लामो समय देखी चली आएको सिंडिकेटलाई तोडने भन्दै स्वतन्त्र उम्मेदबारहरुले देशभरी बाट उम्मेदबारी दिने तयारीमा जुटेका छन भने अर्को तिर रबी लामिछाने द्वारा प्रस्ताबित गरिएको पार्टी “राष्ट्रिय स्वतन्त्र पार्टी” को आगनमनले तेहरो रानजैतिक द्वन्दको स्रिजना गरेको छ। जन्ता सामु को खरो उत्रिनेछ, कस्ले जन्ताको मन जित्न सफल हुनेछ भन्ने कुराको छिनोफानो अब आ उने संसदिय दलको निर्बाचनमा पक्कै पनी हुनेछ।