“गरिबको चमेली बोलदिने कोहि छैन”

Breaking News विचार/ब्लग समाचार
शेयर गर्नु होला

सुभाष भट्ट, बेलायत

“हया!!! यो पाखेहरुले हाम्रो काठमांडौ खत्तम बनायो”, “राजधानी भन्नै लाज लागी सक्यो”, “यस्तो गरीबहरु राजधानी जस्तो ठाउमा देखे भने बाहिरकोले ए यो देश त गरिब र माग्नेको देश पो रहेछ भन्छन होला”, “बाहिर बाट आएर काठमांडौमा बर्बाद बनायो”

यी सबै प्रितिक्रियाहरु तपाई हामी दिनहु ब्यक्तिगत रुपमा सुन्ने गर्दछौ र “सामाजिक” भनाउदो “सामाजिक संजालमा” पढने गर्दछौ। अच्म्भित पर्नु पर्ने केही छैन किन भने गरिब हुनु त यो संशारमा अभिसापनै हो त्यही माथी हाम्रो जस्तो “बिकसित देश” र “बिकसित जन्ता” भएको देशमामा त झन के कुरा गराई भयो र?

अब फेरी गरिबीको कुरा गर्यो, खाली गरिबको गुणगान गाउछ भन्ने पनी कतीलाई सोचाई आइसक्यो होला तर गरिबले गरिबको बारेमा बोल्नै नपाईने भन्ने त छैन होला नी प्रजातन्त्र, लोकतन्त्रमा, समाजबादमा हैन र?

नेपाली गरिबहरु हजारौ बर्ष देखी धनी र साशक बर्ग बाट पिल्सिदै आएका छन, कहिले सामंतीहरुद्वारा, कहिले राजमहाराजाहरु द्वारा, कहिले कथित प्रजातान्त्रिकसाशकहरु द्वारा, कहिले कथित समाजबादीहरु द्वारा भने कहिले आफुलाई गरिबका मशिहा भनाउदाहरु द्वारा, बिडम्बना नेपाली गरिबले सबै सहदै गयो र “अया!!!” समेत भनेन र भन्नै पाएन।

अर्को तिर हरेक काल खंडमा बिभिन्न जाती-परजातीका साशकहरुले गरिब र गरिबीको सहारा लियी , उनीहरुलाई “तुरुपको पत्ती” बनाई आफ्नो रोटी सेक्ने काम मात्र गर्ने। साशकहरु र उनीहरुका आसेपासेहरुको जिबन स्वर्गझै हुन पुग्यो तर “गरिब नेपाली” भने जाहाको त्यही खुम्चिन पुग्यो। अनी जब जब गरिबले आवाज उठाउन कोशिश गरे या दुस्साहशगरे यात उनीहरुलाई शक्ती प्रयोगगरी दबाईयो यात लोपलाभ देखाई चुपलगाईयो। त्यो पनी नसकेको खंडमा एेउटा साशकले अर्को लाई आरोपलगाउदै पानी माथीको ओभान बन्न पुगे। सिलशिला चल्दै गयो , अहिले पनी चलीराखेको छ तर गरिबले भने टाउको उठाउनै पाएन।

गएको केही समयता गरिब बर्गको अवस्था निकै जर्जर बन्दै गएको छ। साशक बर्ग बाट त उतपिडन भएकै थियौ त्यही माथी दैबले पनी गरिबमाथी दया गरेन, चाहे त्यो बाढीपहिरोको रुपमा होस, या भुकम्पको रुपमाहोस, या माहामारीको रुपमा होस, दुख पाएको हामी गरिबले नै हो।

हाम्रा दुख हामीले आफै भित्र लुकाउदै जसोतसो जिबन यापन गर्दै थियौ एक्काशी दुर्भाग्यबस हिजो एेउटा भिडिओ हेर्न पुगियो जसमा गरिबमाथी गरिएको चरम दुर्ब्याबाहार र अत्याचारको पराकाष्टा देखियो। एकछिन त रिश उठ्यो, मनमा उथलपुथल भयो, मानषपटलमा हजारौ कुराहरु खेलन थाले तर पछि एकछिन लामो स्वास फेरी मनलाई सान्त बनाउन केही हद सम्म सफल भये तर आझै पनी मनमा चस्स भएको छ। घटना थियो देशको राजधानी काठमांडौको कुनै स्थानमा एक गरिब दम्पत्तीको ठेलालाई केही ताकतबर पोषाकधारी द्वारा शक्तीको प्रयोग गरी “किडन्याप” शैलीमा गरिबको पेटपाल्ने एक मात्र आशरा “ठेला” लाई झ्यापझुप पारी एेउटा ट्रकमा हालियो, गरिब दम्पत्ती रोए, कराए, चिच्याए, बिलाप गरे तर “गरिबाको चमेली बोलदिने को छ र?”

हुनत राजधानीलाई ब्यबस्थित गर्न र बिषव सामु लाज नहोस भनी सडक, फुटपाथमा गरिने ब्यापारलाई हटाउने योजनाहरु बनीरहेको सुनिदैछ, राम्रो पनी हो, ब्यबस्थित हुनु पर्छ, तर समस्या कहानेर छ भने ठेलामा मकै पोलेर बेच्ने गरिब नेपालीले काठमांदौमा महिनाको १ लाख सटर भाडामा लियी मकै पोलेर ब्यापार गर्न सक्दैन होला की? सायाद मकै पोली बेचेको पैशाले १ लाख भाडा तिर्न सकिन्न होला कि? अब गरिब ले यात सडक छेउ या ठेलामा मकै पोली बेच्नु बाहेक अरु कुनै बिकप छ भने त्यो बिकल्पनै देखाई दिएको भने गरिबको अहोभाग्य हुने थियो। तर कुनै अर्को बिकल्पनै नदियी अंानबिय तरिकाले कसैको सानो भए पनी सम्पत्तीलाई यसरी दादागीरी शैलीमा लछ्सड पछ्सड गर्नु कत्तिको जायज हो भन्ने कुरा सोच्नु पर्ने होकि? हुनत साशकहरुलाइ ठुला ठुला काम र मिटिंगहरु बाट फुर्सद हुदैन होला, अब जाबा यस्ता गरिबको त के गन्तीनै भयो र?

तर

सबै साशकहरुले के बुझ्नु पर्छ भने जन्ता छन त उनीहरु साशक भएका छौ, यदी जन्तानै रहेनन भने साशन को माथी गर्ने? हुनत गरिब जन्ता अहिले पिडामा छन, उतपिडनमा परेका छन तर सुतेका र थाकेका जन्ताको सिमाको बाधलाई टेश्ट गर्नु हुदैन, जुन दिन बाध फुटला तब त्यस्ले कसलाई, कती, केके बगाएर लैजाने हो भन्ने कुराको अजुमान साशकहरुले बेला हुदै बुझेको राम्रो हुनेछ। त्यही भएर भगवान कृष्णले गितामा समेत भनेका छन “गरिब दुखीलाइ साताउनु र उनीहरुको मुख बाट खाना खोस्नु भनेको सर्बनाष निम्त्याउनु हो”। हुनत यस कलियुगमा गिता, भगवान कृष्ण, वहाका उपदेशलाई कसले नै अनुषरण गर्छ र तैपनी समय सन्धर्भमा बेला बेलामा अलीकती पनी गरिबको घाउ र दुखमा मलहम लगाउनका लागी सांगितिक रुपमा भए पनी सुन्ने गरिन्छ “गरिबको चमेली बोलदिने कोही छैन”


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *