वाम एकताका लागि सञ्चालन गरिएको अभियान को संयोजक बाट नेता वामदेव गौतम  निष्कासित

Breaking News राजनीति समाचार
शेयर गर्नु होला

काठमांडौ – नेकपा एकता राष्ट्रिय अभियानको संयोजकबाट नेता वामदेव गौतमलाई निष्कासन गरिएको छ ।

केही दिन अघी मात्र गठन भएको वाम एकताका लागि छुट्टै अभियान सञ्चालन गर्ने भन्दै गत असार १४ गते बामदेब गौतमले नयाँ पार्टी घोषणा गरेका थिए।घोषणा गरेको ५ दिनमै उनीविरुद्ध ५ बुँदे आरोप लगाउँदै पार्टीबाट निष्काशन गरिएको हो।

चार पार्टीको बैठकले अभियानको संयोजकमा सचिवालय सदस्य युवराज सफललाई चयन गर्दै गत असार ११ मा निर्माण गरिएको केन्द्रीय समिति भंग गरी ११ सदस्यीय नयाँ केन्द्रीय समिति घोषणा गरेको जनाएको छ ।

नेता गौतम माथी लगाइएका आरोप हरु यस्ता छन;

१।सांगठनिक अराजकता, निरंकुश, तानाशाही शैली , चरम अवसरवादी चरित्र र अराजनीतिक व्यवहार प्रस्तुत गरिएको,

२।अहंकारवादी सोच र एकलौटी निर्णय गरिएको,

३। जालझेल, छलछाम, षड्यन्त्र र तिकडमबाजी कार्यशैली अपनाइएको,

४। नेकपा एकता राष्ट्रिय अभियानमा आबद्ध दलहरूको आडमा शक्ति बनाई सो शक्तिको चरम दुरुपयोग गरी उल्लेखित शक्तिहरूलाई सिध्याउने गतिविधि गरिएको,

५। सम्पूर्ण वामपन्थी तथा समाजवादी शक्तिलाई बृहत् कम्युनिस्ट एकतामा जोड्ने योजनाबमोजिम नेकपा एकता राष्ट्रिय अभियान गठन गरिएकोमा संयोजक कमरेड वामदेव गौतमले सो निर्धारित उद्देश्यविपरीत अभियानलाई सत्ता, शक्ति, पद प्राप्तिको लागि बार्गेनिङको माध्यम बनाएको ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *