नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको मूल्य बढायो [विज्ञप्ति]

नेपाल आयल निगमले सरकारलाई १० बुँदे सुझाव दिदै फेरी इन्धनको मूल्य वृद्धि गर्यो [प्रेश बिज्ञप्ती]

Breaking News अर्थ समाचार
शेयर गर्नु होला

काठमाडौं – नेपाल आयल निगमले फेरि इन्धनको मूल्य वृद्धि गरेको छ। सोमबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ, डिजेल र मट्टीतेलमा ९–९ रुपैयाँ बढाएको हो।

आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार हवाई इन्धनको अन्तरिकतर्फ प्रतिलिटर पाँच रुपैयाँले बढेको छ। बढेको मूल्य अनुसार पेट्रोल अब लिटरको १८१ रुपैयाँ पर्नेछ भने डिजेल र मट्टीतेल १७२ रुपैयाँ पुगेको छ।

हवाई इन्धन आन्तरिकतर्फ १९० रुपैयाँ पुगेको छ। खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ। यसअघि निगमले इन्धनको खपत घटाउनका लागि सरकारलाई १० बुँदे सुझावसमेत दिएको छ ।

मूल्यवृद्धि गर्दा पनि आगामी असार २४ सम्ममा खरिद वापत भुक्तानी गर्न नसकेको बक्यौता रकम करिव रु ३० अर्ब रुपैयाँ पुग्ने निगमले जानकारी दिएको छ ।

प्रेश बिज्ञप्ती:

 नेपाल आयल निगमले सरकारलाई १० बुँदे सुझाव दिदै फेरी इन्धनको मूल्य वृद्धि गर्यो


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *