मन्त्रिपरिषद बैठक द्वारा नागरिकता विधेयक फिर्ता लिने निर्णय

Breaking News राजनीति समाचार
शेयर गर्नु होला

काठमांडौ – मंगलबार बसेको मन्त्रिपरिषद बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ । संसदमा विचाराधीन ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ फिर्ता गरी सरकारले नयाँ विधेयक संसदमा लैजाने भएको छ।

सरकारले २०७५ सालमै ल्याएको नागरिकता विधेयकमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले छलफल सकेर बहुमतले प्रतिवेदन पारित गरी प्रतिनिधिसभा बैठकमा पेश गरिसकेको छ । तर उक्त विधेयकमा नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई तत्कालै नागरिकता दिने वा ७ वर्षपछि दिने भन्ने विषयमा विवाद छ । विवाद मिल्न नसकेपछि सरकारले विधयक नै फिर्ता लिएको हो ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *