तस्बिर : बीबीसी [Image Source : BBC]
सुभाष भट्ट, बेलायत
लामो समयको बिरोध र आलोचना पस्चात आखिरकार ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो हठ त्यागी कन्जर्भेटिभ पार्टीको नेताको पदबाट राजीनामा दिन गईरहेका छन।
ब्रिटिश समय अनुसार आज अपराह्ण ४ बजे प्रधानमन्त्री जोनसन एक बैठकमा सम्मिल्त हुनेछन र आजनै प्रधानमन्त्रीले देशवासीका नाममा केहीबेरमा सम्बाोधन गर्ने बताईएको छ।
लामो समय देखी बिभिन्न बिबादमा मुछिएका प्रधानमन्त्री बोरिस जोनसनका मन्त्रीमंडलका सदस्यहरुले गएको २४ घंटामा एक पछि अर्को गरी राजिनामा दिए लगत्तै उनीमाथी पार्टी र संसदिय दलका सहकर्मीहरु द्वारा अबिश्वाशको प्रस्ताब पास गर्न सकिने बताईएको छ।
अधिक जानकारीको लागी यस लिंकमा जानु होला
हिजो बुधवार उनले ब्रिटिश संसद्को नियमित प्रश्नोत्तर सत्रमा आफूले सन् २०१९ को निर्वाचनबाट “व्यापक जनादेश” पाएको र त्यो “जारी रहने” बताएका थिए। सोही सत्रमा उनी र अन्य सांसदहरु बिच चर्का चर्की समेत परेको देखिएको थियो। तर एक पछी अर्को गरी सरकारमा निहित रहेका मन्त्री र सांसदहरुले राजिनामा दिदै उनको साथ छोडदै गर्दा आज आएर उनी राजीनामा दिने निर्णयमा पुगेको आ ंकलन गरिएको छ।
आज प्रधानमन्त्री बोरिस जोनसनले राजिनामा दिए पनी उनी शरद ऋतुसम्म प्रधानमन्त्रीका रूपमा निरन्तर रहने पनि बताइएको छ।
Video Source : Channel 4 News