श्रीलङ्कामा प्रदर्शनकारीहरूले राष्ट्रपति गोटाबय राजपक्षको निवासमा प्रवेश गरे

Breaking News अन्तर्राष्ट्रिय समाचार
शेयर गर्नु होला

कोलम्बो – आर्थिक् र राजनैतिक समस्या बाट गुज्रिरहेको श्रीलङ्कामा जन्ताको धैर्यको बाध फुटी सके पस्चात आजित भएका प्रदर्शनकारीहरूले राष्ट्रपति गोटाबय राजपक्षको निवासमा प्रवेश गरेको जानकारी रहेको छ।

जानकारी अन्हुशार हालको अवस्थामा राष्ट्रपति राजपक्षलाई सुरक्षित ठाउँमा लगिएको बताईको छ।

यसअघि राजधानी कोलम्बोमा जम्मा भएको ठूलो भीडलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो।

प्रदर्शनकारीहरूले राष्ट्रपतिको राजीनामा माग गरिरहेका छन्।

देशका विभिन्न भागबाट प्रदर्शनमा भाग लिन सयौँ मानिसहरू कोलम्बो आएका थिए।

दशकौँ यताको सबैभन्दा खराब आर्थिक सङ्कट सामना गरिरहेको श्रीलङ्कामा भएका यी ताजा प्रदर्शनहरू हुन्।

श्रीलङ्काले अहिले खाद्यान्न, इन्धन र औषधिको चरम अभावको सामना गरिरहेको छ।

प्रहरी अवरोध पार गर्दै राष्ट्रपति गोटाबयको सरकारी निवासतर्फ प्रदर्शनकारीहरू अघि बढ्न खोजेपछि तनाव उत्पन्न भएको थियो।

केही प्रदर्शनकारीहरू राष्ट्रपति भवनको पर्खालमा चढेर भित्र प्रवेश गरेका थिए। प्रदर्शन भइरहेका क्षेत्रमा सैनिकहरू खटाइएका छन्।

प्रहरीले भीड तितरबितर गर्न हावामा गोली चलाएको थियो।

आर्थिक सङ्कट र इन्धन अभावका माझ राष्ट्रपति गोटाबय र प्रधानमन्त्री रनिल विक्रमसिङ्ग विरूद्धका प्रदर्शनहरू चर्कँदै गएका छन्।

सरकार विरुद्धको एउटा ठूलो प्रदर्शन शनिवारका लागि आह्वान गरिएको थियो। त्यसमा विपक्षी दलहरू, ट्रेड युनियनहरू, विद्यार्थी र कृषि सङ्गठनका प्रतिनिधिहरूले सहभागिता जनाउने बताएका थिए।

शुक्रवारदेखि नै देशभरबाट कैयौँ विद्यार्थी सङ्गठनका प्रतिनिधिहरू कोलम्बो आएका थिए।

शनिवार पनि ठूलो सङ्ख्यामा सवारी साधनहरू कोलम्बोमा प्रवेश गरेको देखिएको थियो।बीबीसी


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *