कोलम्बो – गएको ७० वर्षयताकै सबै भन्दा ठुलो आर्थिक सङ्कट बाट गुज्रीरहेको छिमेकी राष्ट्र श्रीलङ्कामा जन्ता द्वारा गरिएको ब्यापक बिरोध प्रदशनले उग्रे रुप लिदै गर्दा श्रीलङ्काका राष्ट्रपति गोटाबय राजपक्षले राजीनामा दिने घोषणा गरेका छन्।
यस अघीनै राजीनामा दिन सहमत भएका प्रधानमन्त्री रनिल विक्रमासिङ्गको निर्णय पस्चात आज राष्ट्रपति गोटाबय राजपक्षले राजीनामा दिने घोषणा गरेका हुन। हिजो शनिबार श्रीलङ्कामा प्रदर्शनकारीहरूद्वारा राष्ट्रपति भवन प्रधानमन्त्रीको निजी निवासमा पसेर आगजनी गरेपछि राष्ट्रपति गोटाबय राजपक्ष आफ्नो महल चाडी अज्ञात स्थानमा लुकन सफल भएका थिए। लामो समय देखीनै देशभरी प्रदर्शनहरू भयीरहेको अवस्थामा हिजो शनीबार भने प्रदर्शनले असाधारण र उग्र रूप लिन पुगेको थियो।
जानकारी अनुशार अब राष्ट्रपति गोटाबय राजपक्षले बुधबार राजीनामा दिने भएका छन। संसद्का सभामुखले “सत्ताको शान्तिपूर्ण हस्तान्तरणका लागि” राष्ट्रपतिले राजीनामा दिने निर्णय लिएको जानकारी गराएका छन्। उनले जनतालाई “कानुनको सम्मान” गर्न पनि आह्वान गरेका छन्।
खाद्यान्न, इन्धन र औषधिको चरम अभावको सामना गरिरहेको श्रीलङ्कामा मुद्राको सञ्चिती रित्तिएपछि यहाँ निजी सवारी साधनका लागि पेट्रोल र डिजल बेच्न प्रतिबन्ध लगाइएको छ। मानिसहरू इन्धनका लागि कैयौँ दिनसम्म लाइन लाग्न बाध्य भएका छन्।