सुभाष भट्ट, बेलायत
छिमेकी राष्ट्र श्रीलंकामा देखिएको आर्थिक र राजनैतिक संकटलाई लिएर बिश्व बजारमा अनेकौ अटकलबाजी हुदै गरेको अवस्थामा बाहिर बाट हेर्दा नेपालमा पनी राजनीति गर्ने मानिषहरु बिच पनी एक किसिमको त्रास देखीएको आभाष भएको देखिन्छ तर एथार्थ भने देखीए र सुनेजस्तो छैन।
हुनत छिमेकी राष्ट्र श्रीलंकाको बर्तमान आर्थिक अवस्था सम्पुर्ण रुपमा खस्किएको देखिन्छ तर स्मरण रहोस केही बर्ष अघी सम्म मात्र पनी अन्य सार्क राष्ट्रहरु मध्ये तुलनातमक रुपमा श्रीलंकाको कुल ग्राह्यस्थ उत्पादन र प्रतिव्यक्ति आय माथीनै रहेको थियो। लामो समय सम्म गृह युद्धको चपेटामा परेको श्रीलंका समयको अन्तरालमा खराब र अस्थिर राजनितीका कारण आज यस अवस्थामा पुगेको देखिन्छ। तर एथार्थ भने खराब र अस्थिर राजनिती मात्र नभई राष्ट्रको आर्थिक क्षेत्रमा बढदो बैदेषिक हस्तक्षेपलाई मान सकिन्छ। बिश्वका धनी र शक्तीशाली राष्ट्रहरु द्वारा हिंद महासागर क्षेत्रमा आफ्नो शक्ती र बर्चस्व कायम गर्नका निमत्ती श्रीलंकालाई प्रयोग गर्ने होठबाजीमा सम्पुर्ण श्रीलंकानै आर्थिक तबरमा पराधिन बन्न पुग्यो फलस्वरुप आज जन्ता आजित भई सत्ता र सरकारमा रहेका राजनीतीगर्ने मानिषहरुलाई प्रश्न गर्न बाध्य भएका छन भने अर्को तिर जन्ताका प्रश्नहरुको उत्तर नहुदा ज्यान जोगाई भाग्नु पर्ने स्थिती श्रीजना भएको छ।
श्रीलंकाको हालको अवस्था देखी नेपालका राजनिती गर्ने मानिषहरुले पनी समय रहदै बिचार पुर्याउनु पर्दछ नत्र नेपालको पनी श्रीलंकाको जस्तै अवस्था हुन सक्छ भन्दै ज्ञान बाटदै पानी माथीको ओभानो बनेको हामी हरु देखिरहेका छौ। हो,उनीहरुले भनेको कुरा सत्य हुन सक्दछ, नेपाल पनी चाडै नै श्रीलंका जस्तो अवस्थामा पुग्न सक्छ तर यदी श्रीलंकाको अवस्थामा पुगे पनी लखेटने जन्तानै छैनन भन्ने कुराको पनी आभाष पनी नभएको हैन। उनीहरुलाई राम्ररी थाह छ देशमा जन्ता भन्दा बढी दलका कार्यकर्ता रहेका छन र चाहे देश जुन अवस्थामा पुगोस कार्यकर्ताले कहिले पनी आफ्ना माईबापहरुलाई प्रश्न सोध्न सक्ने हिम्मत भने गर्ने छैनन। त्यही भएर राजनीती गर्ने हरु निर्धक्क भएर आफ्ना क्रियाकलापहरुलाई अघाढी बढाईरहेका छन।
“तर के यो सोचाई सत्य हो त? के राजनीतीलाई नियन्त्रण गर्नेहरुको सोचाई सत्य हो त? के देषमा जन्तानै छैनन त? के जन्ता भन्दा बढी कार्यकर्ता छन त? के माईबापहरुलाई प्रश्न गर्ने सक्ने हिम्मत कसैको छैन त? के माईबापहरुले गरेका हरेक क्रियाकल्पाहरु मान्य छन त?”
सबै प्रश्नका उत्तरहरु त समयले नै दिनेछ तर स्मरण रहोस देश श्रीलंका भईसके पस्चात देश बचाउला भन्नु र सोच्नु भनेको डुबेको जहाजको पानी फ्यालेर जहाज बचाउला भने जस्तै हो। त्यस कारण समय रहदै देशलाई परनिर्भरता बाट टाढा राख्न सकियो भने देशको अस्तित्व बचने सम्भावना देखिन्छ नत्र अहिलेको अवस्थामा जुन तरिकाले देश अघी बढी रहेको छ, सबै छाटकाटलाई नियालेर हेर्नेहो भने देश श्रीलंका नहोला भन्न सकिने केही आधार देखिदैन।