सुभाष भट्ट, बेलायत
Image Source: EPA/BBC
लोकतान्त्रिक गठबन्धन साझेदार फाइभ स्टारले विश्वासको मतको समर्थन फिर्ता लिएपछि इटालीका प्रधानमन्त्री मारियो द्राघीले राजीनामा दिएका छन् ।
युरोपेली केन्द्रीय बैंकका पूर्व प्रमुख र बर्तमान प्रधानमन्त्री मारियो द्राघीले फेब्रुअरी २०२१ देखि गठबन्धन सरकारको नेतृत्व गरेका छन्।
आज एक विज्ञप्ति जारी गर्दै उनले गठबन्धन सरकारलाई टिकाउने विश्वासको सन्धि टुटेको बताएका छन। प्रधानमन्त्री मारियो द्राघीले राजीनामा बुझाए पनी राष्ट्रपतिले न्भने उनको राजीनामा अस्वीकार गरेका छन् ।
राष्ट्रपति सर्जियो माटारेल्लाले इटालीको कोभिड-१९ पछिको महामारी रिकभरीको नेतृत्व गर्न र देशलाई महामारीको अस्थिरताबाट जोगाउन पूर्व ईसीबी प्रमुख – श्री द्राघीलाई नियुक्त गरेका थिए। राष्ट्रपतिले प्रधानमन्त्री मारियो द्राघीलाई राजनीतिक अवस्थाको स्पष्ट चित्र प्रस्तुत गर्न संसदलाई सम्बोधन गर्न आह्वान गरेका छन् ।
Video Source : France 24 English YouTube Channel