काठमाडौं -लामो समय देखी बिभिन्न बिबादहरु बिच अडकिएको नेपाल नागरिकता ऐन, २०६३ (पहिलो संशोधन), विधेयक २०७९ बहुमतले पारित भएको छ।
हिजो बसेको प्रतिनिधिसभाको बैठकले नेपाल नागरिकता ऐन, २०६३ (पहिलो संशोधन), विधेयकलाई बहुमतले पारित गरेको छ । हिजो बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले नागरिकता विधेयक बहुमतले पारित भएको घोषणा गरेका थिए ।
पारित विधेयकमा पहिलोपटक गैरआवासीय नेपालीहरुलाई नागरिकता दिने व्यवस्था गरिएको छ । जन्मका आधारमा नेपालको नागरिकता लिएका विदेशी नागरिकका सन्तानले वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्ने यस ऐनले सुनिश्चित गरेको छ ।
नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले कति समयपछि नेपाली नागरिकता प्राप्त गर्ने भन्नेबारे चाहिँ नागरिकतामा केही उल्लेख गरिएको छैन । अहिलेको विधेयकमा गैर आवासीय नेपालीलाई नागरिकता दिने प्रावधान नयाँ भएको तर त्यसमा राजनीतिक अधिकार नदिइएको उनले बताए।
अब यो विधेयक राष्ट्रियसभामा पठाइनेछ र त्यहाँबाट पारित भएर राष्ट्रपतिले प्रमाणीकरण गरेपछि यसले कानुनी स्वरूप लिनेछ।