काठमांडौ – चलचित्र विकास बोर्डको अध्यक्षमा अभिनेता भुवन केसी नियुक्त भएका छन् ।
हिजो सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा अभिनेता केसीलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी गराएका छन ।
अध्यक्ष पदका लागि सार्वजनिक गरिएको १० जनाको सूचीबाट अभिनेता भुवन केसी नियुक्त भएका हुन। १० जनाको सूचीमा अरुणकुमार प्रधान, दीपक श्रेष्ठ, नरेशकुमार पौडेल, निर्मलराज ढकाल, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुनीलकुमार पोखरेल र सुष्मा कार्की रहेका थिए।
विभिन्न राजनीतिक दल हुँदै केसी स्थानीय निर्वाचनकाे केही समयअगाडि मात्र नेपाली कांग्रेस प्रवेश गरेका थिए ।