दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु फेरी नेपाल आउँदै

Breaking News राजनीति समाचार
शेयर गर्नु होला

काठमाडौं – दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु आज बिहीबार नेपाल आउँदैछन्। लु दुई दिने भ्रमणमा नेपाल आउन लागेको जानकारी रहेको छ।

केही समय यता प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिकी भ्रमण अन्यौलमा पर्दै गरेको बेला र उनी बेला काठमाडौं आउन लागेका हुन्।

यस अघी पनी एमसिसी पारित हुनुअघि कूटनीतिक गृहकार्यका लागि अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु नेपाल आएका थिए। नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) अस्वीकार गर्ने निर्णय गरेको एक महिनापछि फेरि उनी नेपाल आउन लागेका हुन् ।

आफ्नो भ्रमणको दौरानमा लुले प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री डा नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *