पूर्व र पश्चिम नेपालमा महाभूकम्पको जोखिम रहेकाले आवश्यक पूर्वतयारी गर्नुपर्नेमा जोड दिनु पर्ने भनाई सरकारी अधिकारी तथा विज्ञहरूको

Breaking News समाचार
शेयर गर्नु होला

काठमांडौ – पूर्वी नेपालको खोटाङ जिल्लामा केन्द्रबिन्दु बनाएर लोकल म्याग्निट्यूड ६.० भूकम्प गएपछि सरकारी अधिकारी तथा विज्ञहरूले पूर्व र पश्चिम नेपालमा महाभूकम्पको जोखिम रहेकाले आवश्यक पूर्वतयारी गर्नुपर्नेमा जोड दिएका छन्।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकी भूगर्भविद् शीला भट्टराईका अनुसार खोटाङको साकेला गाउँपालिकाअन्तर्गत पर्ने मार्तिमबिर्तामा बिहान ८:१३ मिनेटमा गएको उक्त भूकम्पको प्रभाव पूर्वी नेपालदेखि काठमाण्डू उपत्यकासम्म महसुस भएको थियो।

भारतीय सञ्चारमाध्यमका अनुसार उक्त भूकम्पको धक्का पश्चिम बङ्गाल र बिहारका विभिन्न स्थानमा पनि महसुस गरिएको थियो।

अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय यूएसजीएसका अनुसार उक्त भूकम्प १० किलोमिटर गहिराइमा गएको थियो।बीबीसी


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *