महिला युरो कप २०२२ को फाइनल खेलमा इतिहास रचदै इङ्गल्याण्ड बिजयी [ हाईलाईटस ]

Breaking News अन्तर्राष्ट्रिय खेलकुद समाचार
शेयर गर्नु होला

सुभास भट्ट, बेलायत

लंडन स्थित वेम्बली स्टेडियममा भएको महिला युरो कप २०२२ को फाइनल खेलमा इतिहास रचदै इङ्गल्याण्डले पहिलो पटक आठ पटकको च्याम्पियन जर्मनीलाई हराउदै युरो कप २०२२ को बिजेता बन्न सफल भएको छ।

हिजो बेलुका स्थानिय समय अनुशार ४ बजे देखी सुरु भएको फाईनल खेलमा कडा प्रतिद्वन्द्वी र आठ पटकको च्याम्पियन जर्मनी लाई इङ्गल्याण्डको महिला टिमले २-१ को अन्तरले हराउदै आफ्नो पहिलो प्रमुख महिला प्रतियोगिता जितेर इतिहास रचेको छ।

८७ हजार दर्शकहरु माझ सम्पन्न भएको खेलमा वैकल्पिक खेलाडी क्लो केलीले १० मिनेटको अतिरिक्त समय बाँकी रहँदा गोल गर्न पुग्दा इङ्गल्याण्डले जित हाशिल गरेको थियो।

Video Source : BBC SPORT


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *