काठमाडौं – मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको मिति तोकिए संगै निर्वाचन आयोगले चुनावका लागि साउन २२ देखि साउन ३१ सम्म दल दर्ताको आह्वान गरेको छ ।
हिजो एक सूचना जारी गर्दै निर्वाचन आयोगले १० दिनको समय दिदै आइतबारदेखि दल दर्ता गर्न आह्वान गरेको छ। जारी सुचनामा आयोगमा दर्ता भएका दलहरूले पनि चुनावको प्रयोजनका लागि पुनः दर्ता गर्नुपर्ने व्यवस्था रहेको आयोगले जनाएको छ ।
दल दर्ताको लागि दलले दलको विवरण, केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या, दलले वार्षिक लेखापरीक्षण प्रतिवेदन पेस गरेको मिति र दलको केन्द्रीयस्तर र प्रदेशस्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचनको मिति उल्लेख गर्नुपर्ने बताईेको छ।