आगामी निर्बाचनमा स्वतन्त्र उम्मेदबारहरुले “बा-बाजे पुष्ता” लाई सधैका लागी राजनीतीबाट बिदा गर्ने, के यो सम्भब छ? कसरी?

Breaking News राजनीति विचार/ब्लग समाचार
शेयर गर्नु होला

सुभास भट्ट, बेलायत

देश आर्थिक समस्याको बिकराल परिस्थिती बाट घिस्री रहेको बेला मंषिर ४ गते प्रतिनिधीसभा र राष्ट्रिय सभाको निर्बाचनको मितीको बिगुल फुके संगै सामाजिक संजाल एक पटक फेरी तातिएको छ। बिशेष गरी युवाबर्ग माझ फेरी “क्रान्ती” को ज्वाला बिष्पोटन हुदै गरेको छर्लंग देखिदै छ त अर्कोतिर उक्त क्रान्तीले ल्याउने सकने अांधीको परिकल्पना गर्दै देशमा कयौ दशक देखी बिराजमान राजनीती दलहरु बिच त्रासको बाताबरण श्रीजना भएको सजिलै अनुमान लगाउन सकिन्छ।

गएको स्थानिय निर्बाचनमा देखीएको बदलाव र “स्वतन्त्र” को अबधारणा बाट हौसिएर स्वतन्त्र उम्मेदबारहरुले देश भरी बाट उम्मेदबारी दिने खुलाशा भए सङै एक पटक फेरी “स्वतन्त्र” भन्ने डरले राजनितिक पार्टीहरुको रातको निद्रा भने खलबलाउन सुरु गरेको लक्ष्ण देखिन थालेको छ। राजनितिक दलका सबै ठुला नेताहरुलाई हराउने र बिस्थापित गर्ने अठोट लक्ष बोकी देशका सबै निर्बाचन क्षेत्रहरुमा स्वतन्त्र उम्मेदबारहरुले उम्मेदबारी दिने लहर चलेको देखिन्छ भने “बा-बाजे पुष्ता” लाई सधैका लागी राजनीतीबाट बिदा गर्ने उद्देश्य बोकी युवा पुस्ता राजनीतीमा होमिन थालेका छन। धेरै जसो युवाबर्ग स्वतन्त्र उम्मेदबारको अबधारणालाई अनुशरण गर्दै देश भरी मनोनयन दर्ता गर्न थालेका छन भने अर्को तिर राजनितिक दलको रुपमा असफल भएका दलहरुका कार्यकर्ताहरु पनी “स्वतन्त्र” को सिक्कालाई प्रयोग गर्न थालेको पनी देखिएको छ जस्ले गर्दा जन्ता माझ को र कस्तो लाई स्वतन्त्र भन्ने भ्रमको स्थिती श्रीजना भएको छ।

राजनीतीमा देखीएको बदालावको लहर संगै दलका ठुला भनीने नेताहरु डराउदै रिसाउदै सार्बजनिक स्थानहरुमा, भेलाहरुमा र अन्तर्बार्ताहरुमा घोचपेज गर्न थालीसकेका छन। हालै मात्र एक राजनितिक दलका नेताले स्वतन्त्र उम्मेदबादलाई लक्षित गर्दै “एउटा स्वतन्त्रले एकछिन मनोरञ्जन गर्दैमा देशको उन्नति हुँदैन” भन्न समेत भ्याए भने उनै नेताले एक ठाउँको एउटा स्वतन्त्रले एकछिन मनोरञ्जन गर्नु एउटा कुरा हो भन्दै उनले छिटफुट र अपवादका रुपमा स्वतन्त्र भयो भन्दैमा देशको समग्र योजनावद्ध विकास, उन्नति प्रगति हुन नसक्ने बताएका छन। के उनले भनेका कुराहरु सहि हुन त? के राजनितिक दलको अपबादको रुपमा स्वतन्त्र मान्छेहरुले काम गर्न सक्दैनन र? के बिकाश गर्न पार्टीकै कार्यकर्ताले जितनु पर्ने होर?

समग्रमा भन्दा अब आउने निर्बाचनमा दल-दल बिच प्रतिसपर्धा नभई राजनितिक दलहरु र स्वतन्त्र उम्मेदबारहरु बिच प्रतिसपर्धा हुने छाटकाट देखिएको छ। स्वतन्त्र उम्मेदबारहरु जसरी भए पनी आगामी चुनाब पछी बाजे पुष्तालाई सधैका लागी राजनीतीबाट बिदा दिने सोच बनाउदै अघाढी आएका छन तर फेरी प्रश्न के उबजिन्छ भने “के दशकौ देखी, बाउ-बाजेको पाला देखी राजनितिक दलका बफादार बनेका जन्ताले आफ्ना पार्टी छाडी स्वतन्त्र उम्मेदबारलाई भोट देलान त?”। कुन आधारमा स्वतन्त्र उम्मेदबारहरुले चुनाब जिती नेपाली राजनितीलाई परिबर्तन गर्न खोजेका छन भन्ने पनी एेउटा चासोको बिषय बन्न सक्छ। तर यसो भनी रहदा गएको स्थानिय निर्बाचनमा जे धनगढी, धरान र काठमान्डौका जन्ताले देखाए त्यसलाई नकार्न पनी सकिन्न। भन्नुपर्दा नेपाल, नेपाली जन्ता, नेपाली राजनितिक दल र स्वतन्त्र उम्मेदबारहरुको भबिष्य जन्ताले नै निर्धारण गर्न सक्छन भन्ने कुरा जगजाहिर भईसकेको परिपेक्षमा सबै सरोकारवालाहरुलाई आगामी निर्बाचनको सुभकामना दिनु बाहेक अरु केही गर्न सकिन्न तर भगवत गितामा भनिएको कुरा “समय बलवान छ” भन्ने कुरा कसैलाई पनी नबिर्सन सल्लाह पनी रहेको छ। 


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *