चुनाब चिन्ह “लौरो” चर्चाको बिषय, बृहत स्वतन्त्र राष्ट्रिय अभियानको साझा चुनाव चिन्ह “लौरो” , संघ र प्रदेशको चुनावमा कतिको ढाड सेकाउने ?

Breaking News राजनीति समाचार
शेयर गर्नु होला

तस्बिर : रिपोर्टर्स नेपाल बाट

काठमाडौं – स्थानिय निर्बाचनमा सर्बत्र चर्चामा रहेको चुनाब चिन्ह “लौरो” एक पटक फेरी चर्चाको बिषय बनेको छ। मंसिर ४ गते हुने संघ र प्रदेशको चुनावमा “लौरो” लाई फेरी चुनाब चिन्हको रुपमा प्रयोग गर्नका लागी ठुलो होठबाजी चलेको छ।

हिजो राजधानी काठमांडौमा आयोजना गरिएको एक पत्रकार सम्मेलनमा बृहत स्वतन्त्र राष्ट्रिय अभियानले मंसिर ४ गते हुने संघ र प्रदेशको चुनावमा “लौरो” लाई साझा चुनाव चिन्ह बनाई बृहत स्वतन्त्र राष्ट्रिय अभियानले चुनाब लडने बताएको छ।

 

पत्रकारहरु संग अन्तर्क्रिया कार्यक्रममा बृहत स्वतन्त्र राष्ट्रिय अभियानका सबै सदस्यहरुले आगामी चुनाबमा सबै स्वतन्त्र व्यक्तिहरु, परिवर्तन चाहानेहरु शक्तिहरु र राजनीतिक दलहरु एउटै साझा चिन्ह “लौरो” लाई आफ्नो चुनाब चिन्ह बनाउदै देशमा बिराजमान राजनीती दल संग प्रतिशप्रधा गर्ने बताएका थिए।

हुनत स्थानिय तहको निर्बाचनमा लौरोले धरान, काठमांडौ र पोखरामा तहलकानै मच्चाएको थियो। काठमाडौं मेयरमा उठेका बालेन शाहले आफ्नो चुनाब चिह्नका रूपमा लौरो लिएका थिए भने धरानका हर्क साम्पाङ र पोखराका गनेस पौडेलले पनी आफ्नो चुनाब चिह्नका रूपमा लौरो लिएका थिए।

केही मात्रामा भए पनी लौरोले नेपाली राजनितीमा तरंग भने पक्कै ल्याएको छ। तर आउने संघ र प्रदेशको चुनावमा “लौरो” ले कतिको ढाड सेकाउने छ भन्ने कुरा त चुनाब पछीनै थाहानै हुनेछ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *