काठमाडौं – कतै बाट न्याय नपाए पछी बिबष हुदै राष्ट्रपती निवास अघाढी पेट्रोल छर्की आतदाह गर्ने प्रयाश गरेकी महिलालाई आज काठमांडौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले भेट गरेका छन र उक्त भेट पस्चात मेयर शाहेले आफ्नो सामाजिक संजाल मार्फत आलोचना गरेका छन।
कतै बाट न्याय नपाई हरेश खाएकी निहारिका राजपुतले हिजो शीतल निवास अगाडि पेट्रोल छर्की आत्मदाह गर्ने प्रयास गर्दा प्रहरी द्वारा उनलाई पक्राउ गरेको थियो। त्यस पस्चात उनलाई उपचारका लागी शिक्षण अस्पताल महाराजगन्जमा लगिएको थियो। सोही घटना तिब्र रुपमा देशब्यापी रुपमा फैलिदै गर्दा काठमांडौका मेयर बालेन शाह आज मात्र निहारिकालाई भेटन अस्पताल पुगेका थिए। उक्त भेट पस्चात मेयर शाहेले निहारिका प्रती भएको अन्याय प्रती सरकारको ध्यान आकर्शण गर्दै आफ्नो सामाजिक संजालमा सरकारको आलोचना गरेका छन।
न्याय नपाएकी निहारिकाले आफ्नो बच्चाको डिएनए टेस्ट गरिदे मात्रै त भनेको रैछ र यती मात्र पनी गर्न एउटी आमाले जल्न तयार हुनु पर्ने भन्दै प्रश्न गरेका छन। साथै उनले यो अत्ति हो र यो अत्याचार हो भन्दै कानुनीराज्य यस्तो नहुने बताएका छन।
आफ्नो सामाजिल संजालमा बालेन लेख्दछन ; “आफ्नो बच्चाको डिएनए टेस्ट गरिदे मात्रै त भनेको रैछ । यति गर्न एउटी आमाले जल्न तयार हुनु पर्ने ? यो अत्ति हो । यो अत्याचार हो । कानुनीराज्य यस्तो हुँदैन । अभिभावक भनिने राज्य यस्तो हुनु हुँदैन ।”