काठमाडौं – नेपाली कांग्रेसका बौद्धिक नेता तथा सिरहा क्षेत्र नं. १ का संघीय सांसद प्रदीप गिरीको स्वास्थ्य अवस्था जटिल बनेको छ। क्यान्सर रोगबाट पीडित गिरीको हाल ललितपुरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।
नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले नेता गिरीको स्वास्थ्य अवस्था जटिल रहेकाले सघन उपचार कक्ष (आईसीयू)बाट भेन्टिलेटरमा सारेर उपचार भइरहेको जानकारी दिनुभयो।
यसैगरी, अस्पतालको कक्षका अनुसार, नेता गिरीको भेन्टिलेटरमा उपचार भइरहेको छ। गिरीका सहयोगी मन्दिप भारतीले उहाँको उपचार जारी रहेको जानकारी दिनुभयो।
यतिबेला हाम्रो प्रार्थनाको जरुरी छ उहाँलाई !
अनेक हल्लाहरु केवल हल्ला मात्र हुन् l जीवनका लागि संघर्षरत आदरणीय अग्रज बौद्धिक व्यक्तित्व प्रदिप गिरी अस्पतालबाट स्वस्थ भएर घर फर्किन सक्नुहोस् l सबैले यहि कामना गरौं !
(स्केच ; अनलाइन खबर ) pic.twitter.com/llp5f9bBN8— Bishwa Prakash शर्मा (@bishwaprakash77) August 19, 2022
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यतिबेला प्रार्थनाको जरुरी रहेको भन्दै नेता गिरीको स्वास्थ्य लाभको कामना गर्नुभएको छ। महामन्त्री शर्माले उहाँ जीवनका लागि संघर्षरत रहनुभएको उल्लेख गर्नुभएको छ। महामन्त्री शर्माले ट्वीटमा भन्नुभएको छ, ‘‘अनेक हल्लाहरु केवल हल्ला मात्र हुन्। जीवनका लागि संघर्षरत आदरणीय अग्रज बौद्धिक व्यक्तित्व प्रदिप गिरी अस्पतालबाट स्वस्थ भएर घर फर्किन सक्नुहोस्। सबैले यही कामना गरौं।’’