राम्रा मान्छेको खाचो सबैलाई हुदो रहेछ, यहा सम्मकी भगवानलाई पनी, बैकुंठ बाश होस प्रदीप गिरी सर, हार्दिक सम्बेदना

Breaking News समाचार
शेयर गर्नु होला

ललितपुर – नेपाली कांग्रेसका बौद्धिक नेता, समाजवादी चिन्तक एवम् प्रतिनिधि सभा सदस्य प्रदीप गिरीको स्वास्थ्योपचारको क्रममा शनिवार राती ९ बजेर ३० मिनेट जाँदा निधन  भएको छ। उहाँको जन्म सन् १९४७ नोभेम्बर १ मा भएको थियो।

ललितपुरस्थित मेडिसिटी अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा उपचाररत उहाँलाई शुक्रबार भेन्टिलेटरमा सारिएको थियो। उहाँ सो अस्पतालमा साउन ८ गते भर्ना हुनुभएको थियो। नेपाली कांग्रेस संसदीय दलले शनिबार राति उहाँको निधन भएको पुष्टि गरेको हो। कांग्रेस संसदीय दलका सचेतक मीनबहादुर विश्वकर्माले उहाँको ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममाा शनिबार राति ९ : ३० बजे निधन भएको जानकारी गराउनुभएको हो ।

सचेतक विश्वकर्माका अनुसार आइतबार बिहान ९ बजेदेखि ११ बजेसम्म उहाँको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि मेडिसिटी अस्पताल, ललितपुरको शिवालयमा राखिने छ भने बिहान ११ : ३० बजे देखि दिउँसो २ बजेसम्म नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बी।पी। स्मृति भवनमा राखिने छ ।

दिउँसो २ बजेपछि अन्त्यष्टिका लागि पशुपति आर्यघाट लगिने छ । कांग्रेस संसदीय दलका सचेतक विश्वकर्माले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा गिरीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिर शान्तिको कामनाका साथै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरिएको छ । ‘दुःखको यस घडीमा शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछ’, संसदीय दलले सार्वजनिक गरेको शोक वक्तव्यमा भनिएको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *