काठमाडौं – लामो समय देखी केही प्राबिधिक कारणले अडकिएको नेपाली नर्सलाई बेलायतमा रोजगारी प्रदान गर्ने सम्बन्धी समझदारी हिजो आएर पुरा भएको छ। नेपाल र संयुक्त अधिराज्य बेलायत सरकारबीच त्यहाँको स्वास्थ्य क्षेत्रमा नेपाली स्वास्थ्यकर्मीलाई रोजगारी प्रदान गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको जानकारी रहेको छ ।
हिजो सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा एक कार्यक्रम बिच सचिव एकनारायण अर्याल र नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटबीच समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।
हालको अवस्था सम्म कती संख्यामा नर्स पठाउने निर्णय भन्ने भई नसकेको तर तर दुबै देशका प्रतिनिधिको बैठक बसेर कार्यविधि बनाई नेपालमा कति नर्स उत्पादन हुन्छन् र कति नर्स नेपालमा आवश्यक पर्छन् भन्ने विषयमा अध्ययन गरेपछि मात्र कती संख्यामा स्वास्थ्यकर्मी पठाउने भन्ने निर्णय हुने कुराको जान्कारी रहेको छ।
आफ्नो सामाजिक संकाल ट्विटरमा एक पोष्ट गर्दै बेलायतका राजदूत निकोला पोलिटले बेलायतको स्वास्थ्य सेवामा कार्यरत रहँदा नेपाली स्वास्थ्यकर्मीका सेवा सुविधा र अधिकार बेलायती स्वास्थ्यकर्मीसरह हुने व्यवस्था मिलाइएको जानकारी दिनु भएको छ। ।
https://twitter.com/NicolaPollittUK/status/1561711432349130752
हिजो गरिएको समझदारी पत्रमा स्वास्थ्यकर्मीको छनौट र पदस्थापना नेपालको वैदेशिक रोजगार विभाग तथा बेलायतको डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसियल केयर वा तोकिएको निकायको प्रत्यक्ष संलग्नतामा सरकारी (जिटुजी) प्रक्रिया बमोजिम गरिने उल्लेख गरिएको छ ।
https://twitter.com/UKinNepal/status/1561669204746682374
जानकारी अनुशार रोजगारीका लागि बेलायत जान चाहने नर्सहरूले इन्टरनेसनल इङ्लिस ल्याङ्ग्वेज टेस्टिङ सिस्टम (आईईएलटीएस) परीक्षामा कम्तीमा ६.५ अङ्क प्राप्त गर्नु पर्ने साथै पाँच वर्षसम्म काम गरेपछि अनिवार्य स्वदेश फर्किनुपर्ने प्राब्धान रहेको छ। साथै उमेर हदबंज्धीको रुपमा २० देखि ४५ वर्ष उमेर समूहका नर्स पठाइने उल्लेख गरिएको छ।
सबै पत्रको श्रोत: UK IN Nepal Official Twitter